सामाजिक सुरक्षा कार्यक्रमको अध्ययन गर्न म्यानमारको टोली नेपालमा | Khabarhub Khabarhub

सामाजिक सुरक्षा कार्यक्रमको अध्ययन गर्न म्यानमारको टोली नेपालमा


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेपालमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमको अध्ययन गर्न म्यान्मारको सामाजिक विकास मन्त्रीसहितको टोली नेपाल आएको छ ।

म्यान्मारको नीति निर्माण तहको विशेषज्ञसहितको अध्ययन टोलीले नेपाल सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा कार्यक्रमको बारेमा बुधबार बुटवल उपमहानगरपालिकामा जानकारी लिएको हो ।

टोलीले बुटवल उपमहानगरपालिकामा सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन प्रक्रियाबारे अध्ययन गरेको छ । नेपालमा २५ वर्षअघि शुरु भएको सामाजिक सुरक्षा भत्ता कार्यक्रमबाट प्रभावित भएर अहिले म्यान्मारले समेत लागू गर्ने तयारी गरेको छ ।

सोही कार्यक्रमका बारेमा जानकारी लिन त्यहाँका सामाजिक विकास मन्त्रीको नेतृत्वमा विज्ञहरुसहितको टोली यहाँ आएको हो । म्यान्मारको चाइन प्रदेशका सामाजिक मन्त्री पाउलुन मिन थानसहित १२ जना सहभागी टोलीले आज बुटवल उपमहानगरपालिकाको अध्ययन अवलोकन गरेको हो ।

बुटवल उपमहानगरपालिकाले नेपालमै नमूना तरिकाले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको भन्दै शुरुमै बुटवल आएको टोलीका संयोजक म्यान्मारका मन्त्री थानले बताए ।

मन्त्री थानले आफूहरुले पनि यो कार्यक्रम म्यान्मारमा लागू गर्न चाहेकाले नेपालबाट सिक्न आएका हौँ भने । सो टोलीलाई उपमहानगरपालिकाका कार्यबाहक प्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बुटवलको पञ्जीकरणको अवस्था र सामाजिक सुरक्षा कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

टोलीले नेपालको सामाजिक सुरक्षा कार्यक्रम र पञ्जीकरणको अध्ययनपछि म्यान्मारको सामाजिक सुरक्षा कार्यक्रमको नीति तयार पार्ने बताएको छ । बुटवल उपमहानगरपालिकाले सेवाग्राहीलाई वितरण गर्दै आएको सामाजिक सुरक्षा रकम, वितरण प्रणाली र सेवाग्राहीको सन्तुष्टि र पञ्जीकरणबारेमा टोलीले विशेष चासो दिएर अध्ययन गरेको कार्यबाहक प्रमुख आचार्यले बताए ।

टोलीले वडास्तरबाट भइरहेका कामको बारेमा पनि विशेष चासो दिएको थियो । सोही क्रममा बुटवलको ५ नं वडा कार्यालयमा पुगेर त्यहाँको सेवा प्रवाहका बारेमा विशेष जानकारी लिएको वडाध्यक्ष तेजप्रसाद विकले बताए । कम्प्युटर सफ्टवेयरदेखि सेवाग्राहीका सन्तुष्टि र सुरक्षा व्यवस्थाका उपायका बारेमा जानकारी लिएको अध्यक्ष विश्वकर्माले बताए । बुटवलमा आठ हजार ५०० जनाले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ९ : ५८ बजे

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति

कतारका अमिरलाई ह्युम्यान राइट्स वाचले सम्झायो आप्रवासी कामदारको अवस्था

मंगलबार अपरान्ह नेपालमा अवतरण गर्न लागेका कतारका अमिर शेख तमिम

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको