प्रदेश–३ को चालु चौथो अधिवेशन अन्त्य | Khabarhub Khabarhub

प्रदेश–३ को चालु चौथो अधिवेशन अन्त्य


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिमको चालू चौथो अधिवेशन अन्त्य गरेकी छन् । बधुबार बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कोइरालाले पठाएको सूचना पढेर सुनाएका हुन् । प्रदेशसभाको बैठक अन्त्य गर्न मुख्यमन्त्री डोरमणि पौडेलले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष बुधबारै बिहान सिफारिस गरेर पठाएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

दुई विधयेक पारित

प्रदेश नं ३ को प्रदेशसभाको बुधबार बसेको बैठकले दुई वटा विधेयकलाई बहुमतले पारित गरेको छ । प्रदेशमा सार्वजनिक निजी, सहकारी साझेदारीको व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०७६ पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आन्तरिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले उक्त बैठकमा सो विधेयक क्रमश : पारित गरियोस् भनी प्रस्ताव राखेका थिए । उक्त छलफलमा उठेका जिज्ञासाको आन्तरिक मामिला ढुङ्गेलले उत्तर दिए । उनले सरकारले निष्पक्ष र पारदर्शीको सार्वजनिक, निजी क्षेत्रका सहकारीलाई समन्वय र सहकार्यबाट प्रदेशका दुर्गम भेगका जनतालाई कृषि उत्पादन, पशुपालन एवं आर्थिक आत्मनिर्भर बढाउने कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजान सरकार प्रतिबद्ध रहेको बताए ।

छलफल कार्यक्रममा प्रदेशसभाका सदस्य रीना गुरुङ, विजयाकेसी श्रेष्ठ, नारायणबहादुर सिलवाल, राजेन्द्र गुरुङले सार्वजनिक सहकारीलाई पहुँच नभएका जनताका बीच क्रयशक्ति बढाउन सरकारले कार्यक्रमका साथै अनुदान लगानी गर्नुपर्ने, सहकारीलाई नियन्त्रण गर्न तत्काल अनुगमनको प्रक्रियालाई सञ्चालन गर्न माग गरे ।

प्रदेशसभाको चौथो अधिवेशन बैठक विसं २०७६ वैशाख ३० गतेदेखि शुरु भई आजसम्म जम्मा ३२ पटक बैठक बसेको उक्त सचिवालयले जनाएको छ । सो अवधिभित्र सचिवालयमा ४५ वटा विधेयक दर्ता गरिएकोमध्ये आजको बैठकसम्ममा ४१ वटा विधेयक पारित गरिएको प्रदेशसभा सचिवालयले स्पष्ट गरेको छ । पारित भएको ४१ वटा विधेयकमध्ये ३८ वटा विधेयकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रमाणीकरण गरिकेकी छन् ।

प्रदेशसभाको आजै बसेको बैठकमा प्रदेशसभाका १५ जना सदस्यले विभिन्न समयमा बैठकमा कारणबस उपस्थित हुन नसकिएका कारण दर्शाउँदै बिदा स्वीकृतिको माग गरेबमोजिम बैठकको बहुमतले बिदाको स्वीकृत प्रदान गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १० : १५ बजे

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म

प्रधानमन्त्री प्रचण्ड र ओली छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ– सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा

तीनकुनेको अनियनमा एक रुपैयाँमा रोटी 

काठमाडौं– काठमाडौंको तीनकुने स्थित हिपत फुड पोइन्ट कम्पनीद्वारा सञ्चालित अनियनमा