प्रधानसेनापति ट्रफी सम्पन्न | Khabarhub Khabarhub

प्रधानसेनापति ट्रफी सम्पन्न


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा पृतना तथा बाहिनीतर्फको समग्र खेलकुदमा श्री नं. १६ बाहिनी अड्डा प्रथम भएको छ । बुधबार सम्पन्न प्रतियोगितामा श्री मध्य पृतना हेड क्वा. दोस्रो हुँदा उपत्यका पृतना हे.क्वा. तेस्रो भयो ।

प्रतियोगिताका विजेता पृतना तथा बाहिनीहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले नगद तथा ट्रफी प्रदान गरे । प्रतियोगिताअन्तर्गत फुटबलतर्फ जगदल गणले जीत हात पर्दा विष्णुदल गणले उपविजेतामा चित्त बुझायो ।

यस्तै गणतर्फको खेलकुदमा समग्रमा जगदल गण प्रथम भयो भने पुरानो गोरख गण दोस्रो र श्री नं.१ जगदल गण तेस्रो भयो ।

प्रधानसेनापति थापाले वर्षभरिका उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरु क्रमशः हङकङमा सञ्चालन भएको नर्थ फेस रेसमा अन्तर्राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक, हङकङमै सञ्चालन भएको अर्को रेसमा रजत र सोलुखुम्बुमा सञ्चालन भएको एभरेष्ट एक्सट्रिम अल्ट्रा रेसमा कास्य पदक जित्न सफल भएका एथ्लेटिक्स खेलाडी जमदार पूर्ण तामाङ्ग तथा गणेशमान खुल्ला बक्सिङ्ग प्रतियोगिता र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा इन्द्रमाया अन्तर्राष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा रजत पदक जित्न सफल बक्सिङ्गतर्फका महिला खेलाडी अमल्दार पुनम रावललाई ‘अजय बल सम्पन्न ट्रफी’ तथा नगद पुरस्कार समेत प्रदान गरे ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ८ : ३० बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही