कांग्रेस महामन्त्री कोइरालाले गरे प्रधानमन्त्रीको आलोचना | Khabarhub Khabarhub

कांग्रेस महामन्त्री कोइरालाले गरे प्रधानमन्त्रीको आलोचना


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् ।

काँग्रेस महामन्त्री कोइरालाले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर मुलुकलाई एकतन्त्रीय शासनतर्फ लैजाने खतरनाक प्रयास गरिरहेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे ।

मुलुकलाई एकतन्त्रीय शासनतर्फ लैजान प्रधानमन्त्री ओलीकोे भूमिका मुलुककै लागि खतरनाक हुने उनले बताए । बुधबार नवलपुरको गैंडाकोटमा भएकौ कार्यक्रममा उनले संविधान संशोधन गर्ने सरकारको प्रयासलाई सफल हुन नदिने चेतावनी दिए ।

महामन्त्री कोइरालाले संविधानमा केरमेट गर्ने सरकारको प्रयासलाई सफल हुन नदिन आफ्नो पार्टी सचेत रहेको पनि बताए । उनले नेपाली जनताको ७० वर्षदेखिको चाहना पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको भएपनि सरकारले जनताको चाहना र भावना अनुसार काम गर्न नसकेको टिप्पणी गरे ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ७ : ०१ बजे

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको