नसर्ने रोग नियन्त्रणमा परिवार नै सचेत हुनुपर्ने विज्ञहरुको भनाइ | Khabarhub Khabarhub

नसर्ने रोग नियन्त्रणमा परिवार नै सचेत हुनुपर्ने विज्ञहरुको भनाइ


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सुर्तीजन्य पदार्थको बिक्री–वितरण र सेवनको रोकथामका लागि कडाई गर्ने भएको छ । राजधानीमा बुधबार आयोजित सुर्तीजन्य पदार्थको रोकथामको लागि अन्तरक्रियालाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले सरकार कडाईका साथ प्रस्तुत हुने बताएका हुन् ।

क्यान्सर काउन्सिल नेपाल र लायन्स क्लब अफ काठमाडौं फेलोसिपको संयुक्त आयोजना र नेपाल टेलिकमको सहकार्यमा आयोजित कार्यक्रममा उनले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन–ऐन २०६८ को प्रभावकारी कार्यान्वयनको लागि तीन तहकै सरकारबीच पनि सहकार्य हुन आवश्यक रहेकोमा जोड दिए ।

सचिव बरालले सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवनको लागि सरकारले धेरै राम्रा ऐन तथा कानूनहरु ल्याएपनि भएका ऐनहरुको प्रभावकारी कार्यान्वयन नहुँदा केही समस्या अझैपनि देखिएको टिप्पणी गरे । उनले ऐन कार्यान्वयनको लागि अब सरकारका सबै संयन्त्रहरुबीच समन्वय हुने पनि विश्वास दिलाए ।

त्यस्तै नसर्ने रोगहरु नियन्त्रणको लागि परिवार देखिनै सचेतना आवश्यक रहेको औंल्याए । ‘नसर्ने रोगको नियन्त्रणको लागि परिवार नै सचेत हुनुपर्छ’ उनले भने, ‘यस्तो भयो भने देशव्यापी रुपमा नसर्ने रोगको नियन्त्रण गर्न सकिन्छ’ ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यानगेलेयरले नसर्ने रोगहरु विकसित देशहरुमा जटिल रुपमा देखा परेको सुनाए । नेपालमा पनि सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न सकिए मुटु, क्यान्सर, दमलगायत विभिन्न रोगहरु नियन्त्रण हुने उनको विश्वास छ ।

उनले क्यान्सर काउन्सिल नेपालले विगत लामो समयदेखि जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको देख्न र सुन्न पाउँदा निकै खुसी लागेको सुनाए । आगामी दिनमा पनि काउन्सिलले यस्ताखाले जनचेतनामूलक कार्यक्रमहरुलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्दै अघि बढ्नुपर्ने उनको सुझाव थियो ।

कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा बिष्णुदत्त पौडेलले नसर्ने रोगहरुको नियन्त्रणको लागि नागरिकस्तरबाटै सचेतना आवश्यक रहेको बताए । उनले फ्रान्समा सन् २०१७ मा जनचेतनाका कारणले दश लाख मानिसले सुर्तीजन्य पदार्थको सेवन त्योगेको सुनाउँदै नेपालमा पनि त्यही स्तरको जनचेतना कार्यक्रम अघि बढाउन सकिए सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्या घट्ने धारणा राखे ।

नेपाल टेलिकमका निमित्त प्रवन्धक कमल लामिछानेले नेपाल टेलिकमले विगत लामो समयदेखि व्यवसायिक कामको साथसाथै सामाजिक काम गर्दै आएको बताए । क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको पनि उनले बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका (कानून) सचिव पुष्करराज नेपालले सुर्तीजन्य पदार्थविरुद्धको ऐन–२०८६ बारे प्रकाश पार्दै सरकारले अब ऐन कार्यान्वयनमा कडाई गर्ने बताए । उनले ऐन कार्यान्वयनको लागि सरकार, नागरिक समाज र सरोकारवाला संघ संस्थाबीच समन्वय र सहकार्य हुनुपर्ने धारणा राखे ।

लायन्स क्लब ईन्टरनेश्नलका निवर्तमान अध्यक्ष मधुकर कुमार उपाध्यायले क्यान्सर रोग नियन्त्रणको लागि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्दै देशव्यापी रुपमा जनचेतनामूलक कार्यक्रम अघि बढाउने बताए ।

कार्यक्रममा क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सूर्तीजन्य पदार्थको रोकथामको लागि नागरिक स्तरबाट गर्नुपर्ने आवश्यक कामको लागि आफूहरुले अभियानको रुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको सुनाए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको विश्वास थियो ।

‘विकसित देशमा रोग नियन्त्रणको लागि प्राथमिकता दिईने गरिएको छ, विकासोन्मुख देशमा उपचारमा मात्रै खर्च गरिने गरिएको छ’ कार्यक्रममा बोल्दै उनले भने ‘यो दुःखद् पक्ष हो’ ।

नेपालमा पनि त्यही गलत परम्परा छ । त्यसैले अब रोग नियन्त्रणको लागि हामीले पनि सशक्त अभियान चलाउनुपर्छ । यो कुरामा क्यान्सर काउन्सिल सुरुवातदेखिनै लागिपरेको छ । आगामी दिनमा पनि अझै प्रभावकारी रुपमा अघि बढ्छौं ।’

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ६ : ३१ बजे

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू