कंगनाले गरिन् अक्षय कुमारको प्रशंसा | Khabarhub Khabarhub

कंगनाले गरिन् अक्षय कुमारको प्रशंसा


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतकी चर्चित अभिनेत्री कंगना रनौतले मिसन मंगलम फिल्मका कालाकार अक्षय कुमारको खुलेर प्रशंसा गरेकी छिन् ।

कावेरी कलिङ अभियानका क्रममा भएको एक कार्यक्रममा कंगनाले अक्षय कुमारको बारेमा खुलेर प्रशंसा गरेकी हुन् । कार्यक्रममा सहभागीहरुले उनलाई ८० प्रतिशत पुरुष महिलाको विषयलाई कसरी हेर्छन् भन्ने प्रश्न गरेका थिए ।

त्यसको जवाफमा उनले भनेकी छिन्, ‘अशिक्षित पुरुषहरु फिल्मलाई ‘कामुकता’ को रुपमा हेर्छन् । त्यसैले महिला सशक्तीकरण सम्बन्धित फिल्मलाई विविध समस्या झेल्नुपर्छ ।’

केही समय अघि मात्र अक्षय कुमार यही विषयलाई लिएर चौतर्फी आलोचनाको पात्रा बनेका थिए । अहिले कंगनाले उनै अक्षयलाई बचाउ गर्दै महिला–केन्द्रित फिल्मलाई अगाडि बढाउनुमा अक्षयको भूमिका रहेको बताएकी छिन् ।

उनले भनिन्, ‘मिशन मंगल वास्तवमै महिला वैज्ञानिक फिल्म हो । यो उपलब्धी हो । तर अक्षयलाई यसको श्रेय जान्छ किनकी कमसेकम उनले यस्ता फिल्मलाई अगाडि बढाउँन त मद्दत गरिरहेका छन् ।’

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ५ : २८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०