एप्पलले सार्वजनिक गर्यो‍ नयाँ मोडलका आईफोन, यस्ता छन् विशेषता | Khabarhub Khabarhub

एप्पलले सार्वजनिक गर्यो‍ नयाँ मोडलका आईफोन, यस्ता छन् विशेषता


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एप्पलले नयाँ मोडलका आइफोनहरु सार्वजनिक गरेको छ । एप्पलले आईफोन–११, आईफोन–११ प्रो र आईफोन– ११ प्रो म्याक्स सार्वजनिक गरेको हो ।

यी फोनहरुको बजार मूल्य क्रमशः ६ सय ९९ डलर, ९ सय ९९ र १ हजार ९९ डलर रहेको छ । सेप्टेम्बर १३ देखि यी मोडलका फोनहरु बजारमा उपलब्ध हुने एप्पलले जनाएको छ ।

आइफोनका ११ सिरिजका फोनको मुख्य विशेषता लङ लाइफ ब्याट्री रहेको कम्पनीले दाबी गरेको छ ।

यस्ता छन् विशेषता

नयाँ आइफोनमा ए १३ बायोनिक प्रोसेसर प्रयोग गरेको छ । बायोनिक प्रोसेसरले फोनको क्षमतालाई झन् छिटो र छरितो बनाउने कम्पनीको दाबी छ । आइफोन– ११ मा चाँडै फेस अनलकको सुविधा समेत राखिएको छ ।

क्यामेरा नाइड मोड सुविधा समेत भएको आईफोन–११ प्रोको पछाडि ३ वटा क्यामेरा छन् भने आईफोन ११ मा २ वटा छन् । फ्रन्ट क्यामेर १२ मेगापिक्सलको छ । यस्तै फोनले ४के भिडियोहरु खिच्न सक्छन् ।

११ सिरिजका फोनहरु आईओएस १३ ओपरेटिङ सिस्टम प्रयोग गरिएको छ । आइफोन ११ मा ६४, १२८ र २५६ जिबीको इन्टरनल स्टोरेज, ११ प्रो र प्रो म्याक्समा ६४, २५६ र ५१२ जीबीको इन्टरनल स्टोरेज उपलब्ध छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ४ : ३५ बजे

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको