डेंगु नियन्त्रणका लागि संकटकाल घोषणा गर्न कांग्रेसको माग | Khabarhub Khabarhub

डेंगु नियन्त्रणका लागि संकटकाल घोषणा गर्न कांग्रेसको माग


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ ।

बुधबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान संञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए । डेंगु संक्रमणबारे गम्भीर नबन्ने हो भने यसले महामारीको रुप लिने भन्दै उनले “सरकारले राष्ट्रिय इर्मरजेन्सिको” रुपमा लिनुपर्ने बताए ।

सांसद अधिकारीले भने “सरकार कुहिरोका काग बनेको छ । यसलाई अंग्रेजीमा क्लु लेस भन्छ । ७७ जिल्ला मध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन ? राष्ट्रिय विपत्ती मान्नु पर्छ कि पर्दैन ? स्वास्थ्यको क्षेत्रमा यसलाई संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ? म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । कतिजना मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ? ”

उपचारमा संलग्न चिकित्सक देखि मन्त्रीसम्मलाई डेंगुको संक्रमण हुँदा पनि सरकार तथा सम्बन्धित निकाय स्वास्थ्य मन्त्रालय जिम्मेवार बन्न नसकेको उनको आरोप थियो ।

उनले भने “के अझै पनि सरकार कुम्भकर्ण निन्द्राबाट व्यूँझिन चाँहदैन ? सरकारले सदनमा उपस्थित भएर डेंगुको बारेमा सदनलाई जानकारी गराओस् ।”

उनले ३ सय ५० रुपैया मात्रै पर्ने डेंगु जाँच किटको निजी अस्पतालहरुले २ हजार ६ सय रुपैयाँसम्म लिने गरेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

चितवनमा अस्पतालहरुले डेंगु परीक्षण गर्न २ हजार ६ सय रुपैयासम्म लिने गरेको र त्यसमा स्थानीय प्रशासनले ‘१ हजारमा गरेनौ भने कारवाही गछौ’ भनेको उल्लेख गर्दै सांसद अधिकारीले सरकारले डेंगुको निशुल्क जाँचको व्यवस्था मिलाउनुपर्ने माग गरे । उनले भने“वास्तवमा यसको मुल्य ३ सय ५० रुपैया पर्ने रहेछ । ३ सय ५० नै थप्दा पनि ७ सय भन्दा बढ्ता जान्छ भनेपछि सरकार नै १ हजार रुपैयाको छुट दिन खोजिरहेको छ । ”

उनले डेंगु परीक्षणको वास्तविक लागत र परीक्षण सुविधा प्राप्त नभएका जिल्लामा सरकारले गरेको तयारी बारे सदनलाई जानकारी गराउन माग गरे । साथै उनले राष्ट्रियसभाको अर्को बैठकमा स्वास्थ्य मन्त्रीलाई डेंगुको बारेमा आधिकारिक धारणा राख्नका लागि निर्देश गर्न पनि सभामुखको ध्यानाकर्षण गराए ।

बैठकमा सत्तारुढ दलकै सांसद कोमल ओलीले पनि डेंगु संक्रमण नियन्त्रणका लागि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गरिन । उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर डेंगु संक्रमण तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् । डेंगु संक्रमणले महामारीको रुप लिईसकेको भन्दै उनले प्रभावकारी ढंगले प्रकोप नियन्त्रण गर्दै भविश्यमा आउन नदिन आवश्यक तयारी गर्न सरकारसंग माग गरिन् ।

शुक्रराज ट्रपिकल अस्पताल टेकूका डाक्टर र कर्मचारी पनि विरामी भएको तथा मेसिनले उपयुक्त काम नगरेका कारण गत सोमबार देखि विरामीले चुस्त रुपमा सेवा पाउन नसकेको भन्दै उनले प्रयोगशालाका मेसिनलाई चुस्त दुरुस्त बनाउँदै सहज उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

बैशाखमा धरानमा देखिएको डेंगु संक्रमणबाट राजधानी काठमाण्डौमा २ सहित ६ जनाको मृत्यु भइसकेको छ भने हजारौ संक्रमित भएका छन् । संक्रमण नियन्त्रण हुनुको सट्टा फैलिदै गएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  २ : ५७ बजे

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने