नेपाल आउँदै बलिउड स्टार सन्नी लियोनी, यस्तो छ काम | Khabarhub Khabarhub
Logo
९ फाल्गुन २०७६, शुक्रबार

नेपाल आउँदै बलिउड स्टार सन्नी लियोनी, यस्तो छ काम



पोर्नस्टारबाट परिचय बनाएकी बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार पुनः नेपाल आउँदै छिन् ।

नेपाली फिल्म ‘पासवर्ड’मा आइटम डान्सरका रुपमा अभिनय गरेकी उनी त्यही फिल्मको प्रिमियर शो का लागि नेपाल आउन लागेकी हुन् ।

पासवर्ड फिल्मका प्रेस संयोजक दिनेश सिटौलाका अनुसार, उनी बिहीबार दिउँसो काठमाडौं आएर साँझ कुमारी हलमा आयोजना गर्न लागिएको प्रिमियर शो सहभागी हुनेछिन् ।

सम्राट बस्नेतको निर्देशन तथा विक्रमदास जोशी, हिरल जोशी र अमित बस्नेतको लगानी रहेको फिल्ममा २ करोड पारिश्रमिक लिएर सन्नीले अभिनय गरेकी छन् ।


भर्खर

0