सक्कली भनेर ८ लाख रुपैयाँमा नक्कली सुनका गहना बिक्री | Khabarhub Khabarhub

सक्कली भनेर ८ लाख रुपैयाँमा नक्कली सुनका गहना बिक्री


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सक्कली भनेर नक्कली सुनका गरगहना बिक्री गर्ने एक गहना पसलका सञ्चालक पक्राउ परेका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित गणेश लक्ष्मी ज्वेलर्सका सञ्चालक विराटनगर महानगरापालिका–४ घर भएका ३६ वर्षी जितेन्द्र साह पक्राउ परेका हुन् ।

स्थानीय उपभोक्ताहरुको उजुरीका आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार लक्ष्मी ज्वेलर्सका सञ्चालक साहले विभिन्न मितिमा सक्कली भनेर नक्कली सुनाका गहना बिक्री गरेको भेटिएको छ ।

नक्कली सुनका गहना बिक्री गरेर उनले विभिन्न व्यक्तिबाट ८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहमाथि ठगी कसुरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १२ : ५३ बजे

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौँ आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार जहाज