वर्षायाममा पनि बारामा खानेपानीको अभाव कायमै | Khabarhub Khabarhub

वर्षायाममा पनि बारामा खानेपानीको अभाव कायमै


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको जितपुर सिमरा उपमहानगरपालिका अन्तरगत पर्ने अम्लेखगञ्ज क्षेत्रमा लामो समयदेखि खानेपानीको अभाव सिर्जना भएको छ ।

खाने पानीका लागि स्थानीय पुराना धारा, नदी, प्राचीन ढुङ्गेधारा तथा खोलाको पानी खान बाध्य भएका छन् । यसको प्रभाव अति व्यस्त पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीगञ्ज राजमार्गको आसपासमा रहेका होटलमा समेत परेको छ ।

लामो समयसम्म पनि खानेपानीको अभाव हुँदा स्थानीय तथा केन्द्र सरकार बेखबर रहेको स्थानीयको भनाइ छ । स्थानीय तथा केन्द्र सरकारले अहिलेसम्म पनि खानेपानीको समस्या समाधानमा चासो नदिँदा आफूहरु मारमा परेको स्थानीय कृष्णबहादुर विकले बताए ।

शुद्ध खानेपानीको अभाव झेलिरहेका यस क्षेत्रका स्थानीय अहिले खोला तथा कुवाको पानी खाँदा बिरामी पर्न थालेका छन् । पिउने पानीको अभाव भएको छ । खाना बनाउने खाने तथा सरसफाइ गर्ने र पशु चौपायालाई पनि त्यही पानी खुवाउने गरिएको छ । पानी फोहर भएका कारण स्वास्थ्य समस्या देखा पर्न थालेको स्थानीय मायादेवी लामाले बताइन् ।

सो क्षेत्रमा खानेपानीको अभाव रहेको जानकारी भएको र त्यसको व्यवस्थापनमा निरन्तर लागि परेको उपमहानगरपालिका–२१ का वडाध्यक्ष कृष्णबहादुर ठकुरीले बताए । उपमहानगरपालिकाले पनि सो क्षेत्रको खानेपानी समस्या समाधानका लागि काम शुरु गरिसकेको उनको भनाइ छ ।

चुरे पहाडको फेदीमा खानेपानी अभाव भन्ने सुन्दा अचम्म लागे पनि सो क्षेत्रमा खानेपानी समस्या पुरानै रहेको वडा नम्बर २२ का अध्यक्ष मानिकलाल थिङले बताए ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी समस्या समाधानमा आफूहरु लागि परेको थिङको भनाइ छ । सो क्षेत्रको खानेपानी समस्या समाधानका लागि नयाँबिजौरीको ४ नम्बर पुल छेउ र १ नम्बर पुल छेउको मुहानको प्रयोग गर्ने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ११ : ४९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०