'नेपालको सीमा कटेपछि विदेश जाने महिलाको सर्वस्व लुटिन्छ' | Khabarhub Khabarhub

‘नेपालको सीमा कटेपछि विदेश जाने महिलाको सर्वस्व लुटिन्छ’


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रामेछापकी राधा कार्की (नाम परिवर्तन) वैदेशिक रोजगारीमा नेपालबाट ओमन जान भनेर २ महिनाअघि हिडेकी थिइन । कार्की (४४ वर्ष) भारत हुँदै बंगलादेश एजेन्टमार्फत पुगेको बताउँछिन् । भारतको सिलगुडी हुँदै बंगलादेश पुगेर ४० दिन बसेपछि नेपाल फर्किएकी उनको पीडा दुःखत छ ।

नेपालबाट एजेन्टले घरेलु कामदारका रुपमा ओमन लैजाने भन्दै बंगलादेशसम्म पुरार्‍याएका थिए । नेपालको छिमेकी देश बंगलादेशमै पाएको पीडा उनका लागि नमेटिने घाउ बनेको छ । उनी त्यहीबाट एजेन्टकै सहयोगमा नेपाल फर्किन ।

‘काठमाडौंमा घरेलु काम गरेर गुजारा चलाइरहेकी थिँए । सोही क्रममा एक जना घरेलु काम गर्ने तामाङ साथीसँग भेट भयो । उनीसँग दिदी बहिनीको जस्तो सम्बन्ध भयो । तामाङ बहिनीले दिदी के नेपालमा दुःख गर्नु विदेशतिर जाँउ भनेर जोड गरिन । त्यसपछि एक जना एजेन्टमार्फत विदेश जान्न दुई जनाले नै राहदानी बुझायौं,’ वैदेशिक यात्राको सुरुवातको कथा सुनाउँदै राधा भनिन, ‘हामीले राहदानी बुझाएको एजेन्ट राकेश मैनाली हो । उसैले हामीलाई भारत हुँदै बंगलादेश पठाएको थियो । बंगलादेशमा त यति दुःख पाइयो कि सम्झिदाँ श्वास नै थुनिएजस्तो हुन्छ । अर्काको लैहलैहमा लागेर वैदेशिक रोजगारीमा जान खोज्दा धेरै दुःख भोगेर फर्किए । सर्वस्व गुमाएर नेपाल फर्केकी छु ।’

उनीसँगको कुराकानीका क्रममा उनले पाएको शारीरिक र मानसिक पीडाको झल्को उनको अनुहारले दिन्थ्यो । घरिघरि आँखाभरि आँसु पार्ने उनको अधिकांश समय स्वर रुन्चे हुन्थ्यो भने बोलिनै पिच्छे गला अबरुद्ध हुन्थ्यो । यी पीडित राधालाई हामीले वैदेशिक रोजगार विभागमा भेटाएका थियौं । उनी वैदेशिक रोजगारीका नाममा ठगीमा परेको र पीडक एजेन्टलाई पक्राउ गरी कानूनी कारबाही गर्ने बाटो खोज्दै विभागमा आइपुगेकी थिइन ।

‘नेपालको सिमाना नाघेपछि नेपाली एजेन्टले नै जे मन लाग्यो त्यही गर्छन । यतिसम्म तुच्छ व्यवहार गर्छन की सम्झिँदा जीउ सिरिङ भएर आउँछ । बंगलादेशको राजधानी ढाका पुग्न गाडीमा ४५ मिनेट लाग्ने दूरीमा हामीलाई राखेको थियो । नेपाली, दक्षिण भारतका, बंगाली महिलाहरु पनि त्यहाँ हामी बसेका ठाँउमा थिए,’ उनले बंगलादेश बसाईको बयान गरिन् ।

कुवेतमा विदेशी महिला बेच्ने गोदाम !

बसेको ठाउँको बारेमा सुनाउँदा उनको गला धेरै पटक अवरुद्ध भएको थियो भने, आँखाबाट उनले नै थाहा नपाई आँसु खसिसकेको थियो । गोजीबाट रुमाल निकालेर आँसु पुच्छै केहि सम्यम भएर उनले फेरि भन्न थालिन्, ‘के भन्नु कसरी सुनाउनु… । नेपाली नै सीमा कटेपछि दानब हुँदा रहेछन् । सँगै गएका एजेन्टले बोलेको धेरै कुरा त म तपाईंलाई भन्न सक्दिन,’ उनी धेरै भाबुक पनि बनिन् ।

‘घरको काम गर्ने भनेर गएको । काम गर्ने देश मै नपुगी यौन प्यास मेट्न सामूहिक रुपमा आएका परपुरुषको सामना गर्नुपर्‍यो । नेपाली एजेन्टले नै नेपालमा यही नपुगेर आएको हैन भन्दै बंगाली, श्रीलंकाका पुरुषसँग राखेर एउटै कोठामा थुनिदिए । हामीलाई विच्छिप्त पारे । मैले भोगेको पीडा अरु भन्न सक्दिन ।’ नेपालका एजेन्टले सीमा कटेपछि घरमा आमा, दिदीबहिनी र छोरी हुन्छन् भन्ने नै बिर्सँदा रहेछन् ।

बंगलादेशको प्रहरीले छापा मारेको सुनेपछि एजेन्टले नेपाल फर्काएको पनि उनले बताइन । ‘हामी बसेका ठाउँमा दक्षिण भारतका महिलाहरु पनि बन्धक जस्तो बनाएर राखिएको थियो । कहाँबाट उजुरी पर्‍यो । उनीहरुको उद्धारका लागि प्रहरी आएछ । त्यो थाहा पाएपछि हामीलाई लैजाने एजेन्टले नै पैसा दिएर नेपाल फर्कायो । मसहित ४ जना त्यो नारकीय जीवनबाट मुक्ति पाएर नेपाल आइपुगेका छौं । अब बाँच्ने आशा पलाएको छ । तर, जता हेरेपनि उजाड लाग्छ । त्यो एजेन्टलाई उसले गरेको पापको सजाय नदिइ मेरो मन शान्त हुनेवाला छैन,’ निक्कै आक्रोशित भएकी उनले भनिन् ।

‘ससुरा र देवरको यौन शोषण श्रीमानलाई भन्न सकिँन’

राधासँग अन्य दुई जना युवती पनि साथमा थिए । ती युवतीले विभागमा मार्स्क लगाएर बसेका थिए । उनीहरु चाँही बोल्न मानेनन् । ‘राधाले म चाँही बुढी भएर मुख देखाएको हु । उनीहरु जवान छन्। इज्जत सवै लुटिएपछि कसरी अनुहार देखाउन त । हामीलाई फसाउने एजेन्टलाई कडा कारवाही हुनुपर्‍यो सर,’ उनले भनिन् । ‘हामी सबैले एजेन्टलाई ओमन जान १ लाख ७० हजारका दरले बुझाएका छौ । एकतिर पैसा सकियो । अर्कोतिर शरीरिक शोषणमा परेर रोग पो लाग्यो भने डर छ । हाम्रो स्वास्थ्य परिक्षण कसले गरिदिन्छ । रोग लाग्यो भने कसरी उपचार गर्नु ।’

बंगलादेश र भारतमा बसेर नुवाकोटकी फुजु प्रजा नाम गरेकी एक जना महिला एजेन्ट छिन । उनले नेपालबाट गएका महिलालाई भारत र बंगलादेशबाट खाडीका देश, केन्या, इराक र मलेसिया पठाउने गरिरहेको राधाले बताइन । उनले भनिन, ‘ती महिलाको बंगलादेशस्थित नेपाल राजदूतावासका कर्मचारीसँग सिधा सर्म्पक छ । दूतावासका कर्मचारीसँग प्रजाको उठबस नै छ । त्यही भएर बंगलादेश हुँदै अन्य देश लैजान त्यहाँ पुर्‍याएको महिलाको समस्या दूतावासले हत्तपत्त सुन्दैन् ।’

राधा जस्ता धेरै महिला वैदेशिक रोजगारीका नाममा आर्थिकसँग शारीरिक शोषणमा पर्ने गरेका छन् । यसरी शारीरिक शोषणमा परेका महिलाको स्वास्थ्य तथा समाजमा पुनः पहिलेकै अवस्थामा फर्कन समस्या हुने गरेको छ ।

इराकमा लुटिएकी नेपाली चेली– पुरुष देख्दा पनि डर लागेर आउँछ !

सरकारले ४ वर्षअघि खाडीका देश र मलेसिया घरेलु महिला कामदार पठाउन बन्द गरेको छ । सरकारले वैधानिक ढंगले पठाउन बन्द गरेपछि भारत, बंगलादेश र चीन हुँदै तेस्रो देश दलालले नेपाली महिलाहरुको रोजगारीका नाममा तस्कर गरिरहेका छन् । भारत हुँदै मासिक २ हजारभन्दा धेरै नेपाली महिला खाडीका देश, मलेसिया, युरोप र अफ्रिका तस्करी भइरहेको माइती नेपालले जनाउँदै आएको छ ।

मानव तस्करीमा संलग्न एजेन्ट र दलालको प्राय पहिचान नखुल्दाँ कानूनी दायरामा ल्याउन समस्या भइरहेको प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिविआइ)ले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १० : १६ बजे

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदन (पूर्णपाठ )

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ