उपनिर्वाचनमा भोट हाल्ने मतदाता ४ लाख ६७ हजार | Khabarhub Khabarhub

उपनिर्वाचनमा भोट हाल्ने मतदाता ४ लाख ६७ हजार


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि ३७ जिल्लामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाता रहेको जनाएको छ ।

आयोगले विभिन्न ३७ जिल्लामा हुने उपनिर्वाचनका लागि १ सय ५४ वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको बताएको हो । आयोगले मतदाता नामावलीउपर दाबी विरोधसमेत आह्वान गरेको छ।

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार १ असोजमा हरेक वडामा रहेको सहायक नाम दर्ता अधिकारीको कार्यालयमा नामावली प्रकाशन गरिने, २ असोजमा सो नामावलीमा दोहोरो नाम परेको हटाउन तथा त्रुटि भएको सच्याउन निवेदन लिनेलगायतका काम गरी ६ असोजमा पुनः नामावली अद्यावधिक गरिनेछ।

यसैगरी, ८ असोजमा हटाइएको नाम सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको वडा कार्यालयमा टाँस्ने तथा सोही दिन अद्यावधिक गरिएको नाम प्रकाशन गर्ने र ८ देखि १० असोजसम्म अद्यावधिक गरिएको नाम जिल्ला निर्वाचन कार्यालयमा बुझाइने आयोगले जनाएको छ।

आयोगले उपनिर्वाचनका लागि दल दर्ता आह्वान यसअघि नै गरिसकेको छ । आयोगले विभिन्न ५१ पदमा हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनका लागि भदौ मसान्तसम्म दल दर्ताका लागि समय दिएको हो।

आयोगका अनुसार हाल प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४२ गरी कुल ५१ रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ।

आयोगले उपनिर्वाचनका लागि कतिपय आवश्यक सामग्री पहिले निर्वाचनमा प्रयोग गरिएकालाई नै प्रयोग गर्न सकिनेसमेत जनाएको छ। यसैगरी, उपनिर्वाचन गराउन आयोगले करिब ३९ करोड रकम आवश्यक पर्ने बताउँदै आएको छ । अर्थ मन्त्रालयले उपनिर्वाचनका लागि २५ करोड निकासा गरिसकेको छ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ७ : २४ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर