इदको अवसरमा भोलि दुईवटा प्रदेशमा सार्वजनिक विदा | Khabarhub Khabarhub

इदको अवसरमा भोलि दुईवटा प्रदेशमा सार्वजनिक विदा


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुस्लिम धर्मावलम्बीहरुको महान चाड ‘इद उल जोहा’ को अवसरमा दुई वटा प्रदेशले सार्वजनिक विदा दिएका छन् ।

केन्द्र सरकारले विदाबारे कुनै निर्णय नगरेको अवस्थामा प्रदेश २ र प्रदेश ५ ले भने सोमबार सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भोलि विदा दिने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिए ।

यसअघि मुस्लिमहरुकै अर्को महत्वपूर्ण पर्व इद उल फितरको दिन भने सरकारले सार्वजनिक विदा दिएको थियो ।

बकरिद रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औं दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।

यस पर्वमा अल्लालाई खुशी पार्न मुस्लिम समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।

बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैं खाने धार्मिक चलन रहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : ३० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०