सामाजिक सञ्जालमा भ्रमण वर्ष २०२० को लोगो राख्न मन्त्रीको अनुरोध | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा भ्रमण वर्ष २०२० को लोगो राख्न मन्त्रीको अनुरोध


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सम्पूर्ण नेपालीमा अनुरोध गरेको छ ।

विभागीय मन्त्री योगेश भट्टराईले आइतबार एक विज्ञप्ति जारी गर्दै भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन प्रत्येक नेपाली नागरिकलाई आफूले प्रयोग गर्ने निजी तथा संघ/संस्थाहरुको नाममा रहेको सामाजिक सञ्जाल फेसबुक, वेबसाइट, ट्वीटर तथा इन्स्टाग्राम लगायतमा अभियानको लोगो राखी साथ दिन तथा प्रचारप्रसारमा सहयोग, समन्वय र सहकार्यका लागि अनुरोध गरेका हुन् ।

भ्रमण बर्ष २०२० अभियानलाई विश्वस्तर तथा नेपालभर प्रचारप्रसार गरी कम्तिमा बार्षिक २० लाख पर्यटक भित्र्याउने अभियान सञ्चालनमा सबै नेपालीबाट उल्लेखनीय सहयोगको अपेक्षा राखेको मन्त्री भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री भट्टराई नेपाल भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको संयोजक पनि रहेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ७ : १५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न