वायु प्रदुषणले निम्त्याउँछ यस्तो गम्भीर जोखिम, कसरी बच्ने ? | Khabarhub Khabarhub

वायु प्रदुषणले निम्त्याउँछ यस्तो गम्भीर जोखिम, कसरी बच्ने ?


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वायु प्रदुषणले मानिसको स्वास्थ्यमा जोखिम निम्त्याउँछ । मुलुकको राजधानी काठमाडौंबासी वायु प्रदुषणबाट आक्रान्त बनिरहेका छन् । वायु प्रदुषणबाट विभिन्न रोगको जोखिम बढ्ने गर्छ ।
यी हुन् वायु प्रदुषणका कारणहरु –

हावामा विभिन्न प्रकारका पदार्थ वा ग्यास जस्तैः धुम्रपान, आगोबाट निस्केको धुँवा, फोहोरमैला सडे, गलेर प्राकृतिक रुपमा मिसिन गइ वायु प्रदुषण हुन सक्छ ।

पछिल्ला समय सहरी क्षेत्रमा सवारी साधनको चाप बढ्दै गइरहेको छ । औद्योगिक क्षेत्रमा चलाइने विभिन्न मेसिन, कीटनाशक औषधीको प्रयोग आदिले पनि वायुप्रदुषण उच्च बन्दै गएको पाइन्छ ।

सवारी साधनबाट निस्कने धुँवाले वायु प्रदुषणको समस्या शहरी क्षेत्रमा दिनप्रतिदिन बढ्दै गएको छ । राजधानी काठमाडौं शहरकै कुरा गर्ने हो भने पनि धुलो, धुँवा र बढ्दो सवारी साधनका कारण प्रदूषित शहरका रुपमा चिनिन्छ ।

सवारी साधनबाट विषालु ग्यासहर निस्कने गर्छन् । जसमध्येः नाइट्रोजन, अक्साइड, कार्बनडाइअक्साइड, हाइड्रोकार्बन, लिड आदि हुन् ।

यी विषालु ग्यासहरु वायुमण्डलीय हावामा मिसिन पुग्दा कार्बनमनोअक्साइले हाम्रो शरीरमा अक्सिजनको सञ्चारमा अवरोध पु¥याउने गर्छ जसकारण मानिसको स्वास्थ्यमा गम्भीर असर पुग्छ ।

बढ्दो शहरीकरण,

सवारी साधनको अत्याधिक प्रयोग,

पुराना सवारी साधन विस्थापित गर्न नसक्नु,

कलकारखाना मानव वस्ती नजिक हुनु,

फोहोरमैला जथाभावी फाल्नु,

घरवरपरीको धुलो र धुँवालाइ नियन्त्रण गर्न नसक्नु,

कीटनाशक औषधीको जथाभावी प्रयोग गर्नु,

वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असर

वायु प्रदुषणले मानव स्वास्थयमा विभिन्न प्रकारका समस्या उत्पन्न गराउँछ । वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा देखिने समस्याहरु–
श्वासप्रश्वास सम्बन्धी संक्रमण ।
रुघाखोकी ।
निमोनिया, घाँटीको क्यान्सर, एलर्जी आदि हुन् ।
पेट्रोल, डिजेलबाट निस्कने धुँवामा रहेको अक्सिएसिटिन नाइट्रेड तथा फमेलडीहाइडले फोक्सो, आँखा आदिमा असर पार्नुका साथै खेती बाली समेत नष्ट बनाउँछ ।
वायुप्रदुषणले मानव स्वास्थ्यमा मात्रै समस्या निम्याउँदैन यसले दैनिक जीवनयापनसँग जोडिएका अन्य विषयमा पनि उत्तिकै जोखिम निम्त्याइरहेको हुन्छ ।
वायु प्रदूषण बढ्दै गएमा हवाइ यात्रामा समस्या हुनसक्छ । बाक्लो धुँवाका कारण सवारी दुर्घटना बढ्ने अवस्था समेत सिर्जना हुनसक्छ । त्यस्तै, वायुप्रदुषणले हरितगृहमा असर गरी पृथ्वीको तापक्रम बढ्ने र वातावरणमा परिवर्तन भइ कृषि उत्पादनमा ह्रास आउने हुनसक्छ ।

वायु प्रदुषणबाट बच्ने उपाय

व्यवस्थित सहरीकरणको विकास गर्ने ।

मानव बस्ती वरीपरी प्लाष्टिक तथा धुँवानन्य पदार्थहरु नजलाउने ।

पूराना सवारी साधन हटाउने र नयाँ सवारी साधनको चेकजाँच गरी अनुमति प्राप्त सवारी साधनमात्र सञ्चालनमा ल्याउने ।

वनजंगल फडानी नगर्ने, वृक्षरोपण गर्ने कार्यमा प्रोत्साहन गर्ने ।

उद्योगधन्दा, कलकारखानालाइ मानव बस्तीबाट टाढा राख्ने ।

सडकको गल्ली, खोलानाला, नदी, ताल, आदिमा फोहोरमैला फाल्न प्रतिबन्ध गर्ने ।

ढल निकासको उचित व्यवस्था गर्ने ।

इन्धनको रुपमा प्रयोग गरिदैँ आएको दाउरा, कोइलाको सट्टा, गोबर ग्याँस, विद्युत् शक्ति र सौर्य ऊर्जाको प्रयोगमा जोड दिनुपर्छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ६ : १८ बजे

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल