पृथकतावादीलाई लक्षित गरी यमनमा साउदी हवाई आक्रमण | Khabarhub Khabarhub

पृथकतावादीलाई लक्षित गरी यमनमा साउदी हवाई आक्रमण


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आदेन– साउदी अरबले यमनमा सक्रिय पृथकतावादी समूह साउदर्न ट्रान्जिसनल कमिटी एसटीसीका लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारको राजधानी शहर आदेनमा सरकारी सेनाविरुद्ध लडिरहेको एसटिसीका लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरिएको साउदी अधिकारीले जनाएका छन् । हवाई आक्रमणबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ ।

साउदी अरबले एसटिसीलाई सरकारसँग वार्ता गर्न आह्वान गरेको छ । सरकारसँग वार्तामा नबसे लडाकुलाई लक्षित गरी थप आक्रमण गर्ने साउदीको चेतावनी छ । साउदी हवाई आक्रमणपछि यमनी सेना तथा सरकारी कार्यालयलाई लक्षित गर्न गएका एसटिसीका लडाकुहरु फिर्ता भएका छन् ।

हाल यमनको राजधानीमा हुथी बिद्रोहीले कब्जा गरेका कारण यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारले आदेनलाई अस्थायी राजधानी बनाएको छ । दक्षिणी यमनलाई पृथक राज्य बनाउनका लागि स्थापित एसटिसीले आदेनका सरकारी कार्यालयहरुमा कब्जा जमाएर बसिरहेको बताइएको छ ।

एसटीसीलाई भने साउदी गठबन्धनमै सामेल युएईले आर्थिक तथा सैनिक सहयोग गरिरहेको यमन सरकारको भनाइ छ । अर्कोतर्फ साउदी अरबले भने राष्ट्रपति अब्दरब्बु मन्सुर हादीको समर्थनमा हुथी विद्रोही तथा अन्य लडाकु समूहलाई लक्षित गरी हवाई आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ५ : ०४ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै