हङकङमा आइतबार पनि प्रदर्शन | Khabarhub Khabarhub

हङकङमा आइतबार पनि प्रदर्शन


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– अधिक स्वतन्त्रता र प्रजातन्त्रको माग गर्दै हङकङमा आइतबार पनि दशौं हजारले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले हङकङको ठाउँठाउँमा प्रदर्शन गरेका हुन् ।

प्रहरीले प्रदर्शनलाई गैरकानूनी भनेपनि त्यसको परवाह नगरी दशौं हजारको सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रेका हुन् । प्रदर्शनकारी र प्रहरीबीच हङकङका विभिन्न स्थानमा झडप भएको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रुग्यास र रबरको गोली प्रहार गरेको र जवाफमा प्रदर्शनकारीले आगजनी, तोडफोड र ढुङ्गामुढा प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसबाहेक प्रदर्शनकारीहरु तीन दिनयता हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा शान्तिपूर्ण धर्नामा बसिरहेका छन् ।

दुई महिनाअघिबाट शुरु भएको प्रदर्शन समयसँगै हिंसात्मक बन्दै जाँदा त्यहाँ ठूलो राजनीतिक संकट देखा पर्दै गएको विश्लेषण गरिएको छ । प्रदर्शनकारीले हङकङकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा माग्दै आएका छन् भने प्रहरीद्वारा प्रदर्शनकारीमाथि गरिएको हिंसात्मक व्यवहारको पनि स्वतन्त्र छानबिन हुनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ३ : ३७ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको