न्यायापालिका एक्लैको प्रयासले कानूनी राज्यको अवधारणालाई सार्थक तुल्याउन सकिँदैन– प्रधानन्यायाधीश राणा | Khabarhub Khabarhub

न्यायापालिका एक्लैको प्रयासले कानूनी राज्यको अवधारणालाई सार्थक तुल्याउन सकिँदैन– प्रधानन्यायाधीश राणा


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर राणाले न्यायपालिका एक्लैको प्रयासले मानव अधिकारको संरक्षण र कानुनी राज्यको अवधारणालाई सार्थक तुल्याउन नसकिने बताएका छन् ।

न्याय प्रणालीमा आवद्ध सबै निकाय र व्यक्तिहरुको समान सहभागिता र सहकार्यबाट मात्रै नागरिक स्वतन्त्रता, मौलिक अधिकार र मानव अधिकारको संरक्षण हुने प्रधान्यायाधीश राणाको भनाइ छ ।

सर्वोच्च अदालत बार एशोशिएशनले आइतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै राणाले न्याय प्रणालीको सक्षमता र प्रभावकारिता त्यसमा आवद्ध निकाय र व्यक्तिहरुको सक्षमता, अन्तरसम्बन्ध र परिपुरकतामा आधारित आधारित हुने भएकाले कानून र न्यायका क्षेत्रमा आएका नविनतम मान्यताहरुको जानकारी सम्बन्धित सबै पक्षमा हुन जरुरी रहेको पनि बताए ।

प्रधानन्यायाधीश राणाले स्वतन्त्र, निष्पक्ष एवम् समक्ष न्यायपालिका लोकतान्त्रिक राज्य व्यवस्थाको आधारस्तम्भ भएको उल्लेख गर्दै त्यसलाई सार्थक तुल्याउन न्याय सम्पादन कार्यमा संलग्न सबै क्रियाशील हुनुपर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ३ : ०९ बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा