१३औं साग सञ्चालन स्थल पोखरा रंगशाला निर्माणमा किन ढिलाई ? | Khabarhub Khabarhub

१३औं साग सञ्चालन स्थल पोखरा रंगशाला निर्माणमा किन ढिलाई ?



काठमाडौं–यतिबेला मंसिरको मध्येमा काठमाडौं र पोखरामा आयोजना हुने दक्षिण एसियाली खेलकुदको महासंग्राम दक्षिण एसियाली खेलकुद (साग) को चटारोले नेपाली खेलकुद क्षेत्रका संघसंस्था तथा खेलाडी व्यस्त छन् ।

नेपालका मुख्य दुई शहरलाई केन्द्रित गरेर आयोजना हुन लागेको सागमा २७ खेल खेलाइने छ । त्यसका लागि खेल स्थलको टुङ्गो पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले लगाइसकेको छ । २७ वटै खेल स्थलको टुङ्गो लाग्सक्दा पनि अधिकाशं खेल स्थल निर्माणाधिन अवस्थामा नै छन् ।

सागको उद्घाटन स्थल काठमाडौंको दशरथ रंगशालादेखि सातदोबाटोस्थित हिटिङ सिस्टमसहितको स्विमीङ पुल र पोखरा रंगशाला लगायतका महत्वपूर्ण खेल स्थलको निर्माणकार्य सकिन नसक्दा अझै पनि सागको आयोजना तोकिएकै समयमा हुन्छ भनेर ठोकुवा गर्न खेल विश्लेषकहरु हिच्किचाउँछन् ।

महत्वपूर्ण खेलस्थल मध्येको पोखरा रंगशालामा सागको महिला फुटबल सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । राखेपले अहिले पूर्वाधारलाई मुख्य चुनौति मान्दै पूर्वाधार निर्माणमा तिव्रता दिइरहेको छ ।

पोखरा रंगशालाको काम भने तोकिएको समयमा निर्माण सम्पन्न हुनेमा स्थानीयले आशंका गर्न थालेका छन् । प्रतियोगिता शुरु हुन मात्रै ४ महिना बाँकी रहँदा पनि मैदानमा कुनै पनि संरचना बन्न नसक्दा स्थानीयले चिन्ता व्यक्त गर्नुलाई स्वभाविक पनि मान्न सकिन्छ ।

राखेपले पोखरा रंगशालाको ठेक्का दिँदा असार मसान्तभित्र रंगशालाको काम सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी ग्रेट स्पोट्स र नेपालको एमए कन्सट्रक्सनको जोइन्ट भेन्चर कम्पनीलाई निर्माणको काम सुम्पिएको थियो ।

साउनको महिना सकिन लाग्दासमेत रंगशालाले नयाँ स्वरुप लिन सकेको छैन । शुरुमा नेचुरल मैदान बनाउने वा आर्टिफिसियल मैदान बनाउनेसमेत नखुलाउँदा रंगशालाको काममा ढिलाइ भएको छ ।

१ अर्ब २८ करोडको खर्च लाग्ने रंगशाला कस्तो बन्ने भन्ने समेत स्पष्ट योजना समेत नहुँदा निर्माणको कामले गति लिन सकेको छैन् । निर्माणकर्ता कम्पनीले ‘एस्ट्रो टर्फ’ मैदान बनाउने तयारीका साथ मैदानमा गिट्टी बिछ्याइसकेको थियो । तर, असारमा राखेपको सदस्य सचिवमा रमेशकुमार सिलवाल आएपछि उनले मैदान एस्ट्रो नभइ नेचुरल बनाउन निर्देशन दिए । त्यसपछि अहिले मैदानमा बिछेयाइएको गिट्टी निकालिँन थालिएको राखेपका पोखरा रंगशाला हेर्ने इन्जिनियर प्रमिस ताम्रकारले बताए ।

‘शुरुमा कस्तो बन्ने भन्ने सम्झौता भएको थियो, त्यो जानकारी भएन । तर, पनि निर्माणकर्ता कम्पनिले एस्ट्रो टर्फ मैदान बनाउने प्रस्तावसहित मैदानमा गिट्टी बिछ्याएको थियो । उक्त प्रस्ताव राखेपले अस्वीकार गर्यो,’ इन्जिनियर ताम्रकारले भने,‘ गिट्टी बिझ्याएको झण्डै २ महिना भइसकेको थियो । तर, अहिले त्यो निकाल्ने काम भइरहेको छ ।’

ताम्रकारले मैदान बनाउने समय प्रशस्तै भएको बताएपनि स्थानीय भने तोकिएकै समयमा मैदान बन्ने र त्यहीँ मैदानमा सागका लागि महिला फुटबल टोलीले खेल्ने भन्नेकुरामा विश्वस्त हुन सकिरहेका छैनन् ।

जुन प्रयोजनका लागि भन्दै पोखरा रंगशालालाई निर्माण भइरकेको छ, त्यो भएन भने अहिले हतार–हतार मैदान बनाउनुको कुनै अर्थ नरहने तर्क गर्छन स्थानीय सुदर्शन रञ्जित ।

‘हामीले मैदान बन्दैन भनेका छैनौं । तर, सागका लागि तयार गर्न लागिएको रंगशालामा सागको खेल हुन पाएन भने यसको के अर्थ । रंगशालामा महिला फुटबल हुनु पर्छ भन्ने हाम्रो माग हो,’ रञ्जितले भने ।

ठेक्का दिँदा असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएपनि साउन लागिसक्दा मैदान निर्माणले गति नपाउँदा सरकारको लगानी बालुबामा पानी पो हुने हो कि भन्ने शंका पनि गर्न थालिएको छ ।

यद्यपी पोखरा रंगशालाको मैदानमा नयाँ दुवो लगाएर ‘फिल्ड’ बनाउने भन्दा पनि बर्मुडा दुबो लगाउने तयारी भइरहेको इन्जिनियर ताम्रकारले बताए । ‘यहाँ दुबो लगाउने होइन । भारतबाट बर्मुडा घाँस ल्याउने हो । त्यसमा अहिले खासै समस्या हुँदैन,’ इन्जिनियर ताम्राकारले भने,‘मैदान हरियो बनाउने काम त १० दिनमै पनि सकिन्छ । प्यारापिट आर्टिफिसियल ल्याउने हो । प्यारापिटको सामान ल्याएर जडान गर्न मात्रै समय लाग्ने हो ।’

बर्मुडा घाँस पुन आठौं राष्ट्रिय खेलकुदको उद्घाटन स्थल नेपालगञ्ज रंगशालाको जस्तै हुनेत होइन भन्ने प्रश्नमा इन्जिनियर ताम्राकारले भने,‘नेपालगञ्ज रंगशालामा जस्तो यहाँ हुँदैन । किनकी त्यहाँको तापक्रम निकै धेरै थियो । तर, यहाँ मौसम त्यस्तो छैन । यहाँको मौसम अनुकुल हुन्छ ।’

यस्तै, निर्माण कम्पनीका प्रतिनिधि भने मिडियासँग कुरा गर्न हिचकिचाउने गरेका छन् । खबरहबले पटक–पटक सम्पर्क गर्न खोज्दा समेत उनीहरु सम्पर्कमा आउन चाहेनन् ।

यद्यपी राखेपले भने पोखरा रंगशाला निर्माणकर्ता कम्पनीले कार्तिक १५ मा सरकारलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएको छ । तर, समयमा काम गर्न नसके सागको फुटबल प्रतियोगिता कहाँ हुन्छ भन्ने प्रश्नको जवाफ भने अहिलेसम्म राखेपसँग छैन् । साग मंसिर १५ देखि २५ गतेसम्म काठमाडौं र पोखरामा हुने तालिका छ । यस्तै, काठमाडौंमा २० खेल हुँदा ७ स्पर्धाको खेल पोखरामा सञ्चालन गरिने छ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १० : ०२ बजे

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन बन्दै

काठमाडौं– दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको भवन

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार