इन्धन ट्याङ्कर विष्फोट हुँदा ६० को ज्यान गयो | Khabarhub Khabarhub
Logo
२० मंसिर २०७६, शुक्रबार

इन्धन ट्याङ्कर विष्फोट हुँदा ६० को ज्यान गयो



काठमाडौं- तान्जानियाको मोरोगोरो शहर नजिक इन्धन ट्याङ्कर विष्फोट हुँदा ६० को ज्यान गएको छ । विष्फोटमा परी ७० भन्दा बढी घाइते भएका छन् ।

इन्धन बोकेको ट्याङ्कर विष्फोट भई निस्किएको ज्वालाका कारण धेरैको मृत्यु भएको जनाइएको छ । मृतक अधिकांश मोटरसाइकलमा यात्रारत भएको र उनीहरु ट्याङ्करबाट चुहिएको इन्धन जम्मा गरिरहेका जनाइएको छ ।

चुहिएको इन्धनमा चुरोटको ठुटो फाल्दा आगलागी भई विष्फोट भएको जनाइएको छ।


भर्खर