विश्वकपमा मिचेल स्टार्कको कीर्तिमान | Khabarhub Khabarhub

विश्वकपमा मिचेल स्टार्कको कीर्तिमान


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आईसीसी विश्वकप क्रिकेटमा अष्ट्रेलियाका बलर मिचेल स्टार्कले कीर्तिमान बनाएका छन् ।

बर्मिघममा जारी इंग्ल्याण्डविरुद्धको सेमिफाइनल खेलमा एक विकेट लिँदै स्टार्कले विश्वकपको एउटै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाएका हुन् । इंग्ल्याण्डका जोनी बेयरिस्टोलाई आउट गर्दै स्टार्क जारी विश्वकपमा २७ विकेट हात पारे ।

स्टार्कले लिएको २७ विकेट एकै विश्वकप एकै खेलाडी लिएको सर्वाधिक विकेट हो । यसअघि यस कीर्तिमान अष्ट्रेलियाका ग्लेन म्याकग्राथको नाममा रहेको थियो । उनले सन् २००७ को विश्वकप २६ विकेट लिएर कीर्तिमान बनाएका थिए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ९ : ५४ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ