प्रदेश २ सरकार जनताको नभई ठेकेदारको भएको कांग्रेस नेता यादवको आरोप | Khabarhub Khabarhub

प्रदेश २ सरकार जनताको नभई ठेकेदारको भएको कांग्रेस नेता यादवको आरोप


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वमन्त्री एवं नेपाली कांग्रसका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रदेश नं २ को सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा यादवले प्रदेश नं २ मा भ्रष्टाचार गर्न मन्त्री–मन्त्रीबीच प्रतिस्पर्धा भइरहेकोले छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धानलाई आग्रह समेत गरे ।

मन्त्री यादवले विगतमा जिल्ला विकास समितिमा असारमा बजेट विनियोजन र खर्च गर्ने प्रवृत्तिलाई प्रदेश नं २ को सरकारले पुनरावृत्ति गरेको बताए ।

उनले उपभोक्ता समितिमार्फत सरकारले पार्टीका कार्यकर्ता, छोरा र नातागोतालाई कमाउने अवसर प्रदान गरेको आरोप लगाउँदै जेठ ३१ गतेसम्म रु पाँच अर्ब ७३ करोड ५८ हजार अर्थात् कूल बजेटको ११ प्रतिशत मात्र खर्च गर्न सकेको सरकारले असार महिनाको २३ दिनमा रु चार अर्ब ३१ करोड ३२ लाख ३८ हजार ४९१ अर्थात् कूल बजेटको २४ दशमलव ६९ प्रतिशत बजेट खर्च गरी भ्रष्टाचार गरेको तथ्य प्रस्तुत गरे ।

उनले २३ दिनमा अनियमित ढङ्गले बजेट खर्च गर्नेमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भएपनि त्यसको छानविन हुनुपर्ने टिप्पणी गरे । उनले प्रदेश नं २ मा जनताको सरकार नभई ठेकेदारको सरकार भएको अवस्था रहेको टिप्पणी पनि गरे ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ७ : ०८ बजे

आजका समाचार : एमालेको महाधिवेशन प्रतिनिधि परिषददेखि अर्थमन्त्री पुन स्वदेश फिर्तासम्म

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु नेकपा एमालेको महाधिवेशन प्रतिनिधि

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

फिक्कल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल