ग्रिसमा आँधीले ६ पर्यटकको ज्यान लियो | Khabarhub Khabarhub

ग्रिसमा आँधीले ६ पर्यटकको ज्यान लियो


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एथेन्स– ग्रिसको तटपारी आएको भयानक आँधीमा परी ६ पर्यटकको ज्यान गएको छ ।  ग्रिसको हाल्किडिकी प्रायद्विपमा आएको आँधीमा अरु १ सय भन्दा धेरै घाइते भएका छन् ।

एक्कासी आएको आँधीले रुख, भवन र सवारी साधनलाई उडाएको थियो । १ सय किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीबाट सो क्षेत्रमा गर्मी मौसममा घुम्न आएका पर्यटकहरु प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मारिनेमा चेक गणतन्त्र, रोमानिया र रुसका दुई – दुई पर्यटक रहेको जनाइएको छ ।

मारिनेहरु अधिकांश रुखले किचेर तथा भवनको छानो भत्केर मारिएको अधिकारीले जनाएका छन् । हाल त्यस क्षेत्रको सडकमा सल्लाका रुखहरु ढलेको र भौतिक संरचनामा क्षति पुर्‍याएको बताइएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ६ : ४७ बजे

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।

लुम्बिनी प्रदेशमा सरकार विस्तार

घोराही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्

लगानी सम्मेलन : ३६ देशका ४६५ जनाले सहभागी हुन पठाए कन्फर्मेसन

काठमाडौं– सरकारले यही वैशाख १६ र १७ गते आयोजना गर्न

अपाङ्गताको लागि पञ्चाम्रित जति बजेट 

अपाङ्गता विभिन्न कारणहरूले बढिरहेको छ । भीरबाट खसेर, रुखबाट लडेर, दिमागमा

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा