धुर्मुस-सुन्तली फाउण्डेसन क्रिकेट र‌ंगशाला निमार्णको काममा फर्कने | Khabarhub Khabarhub

धुर्मुस-सुन्तली फाउण्डेसन क्रिकेट र‌ंगशाला निमार्णको काममा फर्कने


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्माण कार्य स्थगित भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम शुरु हुने भएको छ । बिहीबार धुर्मुस–सुन्तली फाउण्डेसनले प्रेस विज्ञप्ति जारी गरी रंगशाला निर्माणको काम अघि बढाउने जानकारी दिएको हो ।

विज्ञप्तिमा चिवनवासीले आगामी दिनमा रंगशाला निर्माणमा रुकावट नहुने प्रतिबद्धता जनाएपछि कामलाई निरन्तर अगाडि बढाउन लागिएको सिताराम कट्टेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘हामी स्थगित भएको निर्माण कार्यलाई सुचारु गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्यमा आ-आफ्नो स्थान र क्षेत्रबाट ऐक्यबद्ध भइदिनुहुन अपिल गर्दछौँ ।’

‘हरेक काम समयमा नै कम लागत तथा पारदर्शी ढङ्गबाट हुनुपर्छ भन्ने कुरामा हामी सदैव सजग र सतर्क छौँ,’ उनले भने,‘जे नहुनु थियो भयो । त्यस गल्तीलाई सच्याउन त नसकिएला तर नदोहोरियोस् भन्ने कामना गर्दछौं, हामीलाई विश्वास छ त्यस्तो वातावरण फेरि नदोहोरिनेमा चितवन जिल्लावासीहरु समेत सजग भई प्रतिबद्ध रहनुहुनेछ ।’

स्थानिय बासिन्दाले रंगशालाको तारबारमाथि डोजर चलाएपछि फाउण्डेसनले गत जेठ १५ गतेदेखि रंगशाला निर्माणको काम बन्द गरेको थियो ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  २ : ३२ बजे

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ ।