विश्व जनसंख्या दिवस : विकसित मुलुकको आकर्षणले जनसंख्यामा प्रभाव | Khabarhub Khabarhub

विश्व जनसंख्या दिवस : विकसित मुलुकको आकर्षणले जनसंख्यामा प्रभाव


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् १९८९ बाट हरेक बर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने विश्व जनसंख्या दिवस मनाउन थालिएको थियो । हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा सयुक्त राष्ट्र संघको ‘पपुलेसन समिट’ले यो दिवस मनाउने घोषणा गरेको थियो । हाल विश्वमा करिब ८ अर्बभन्दा धेरै जनसंख्या रहेको राष्ट्र संघको एक अध्ययनले देखाएको छ । यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिएको छ ।

विगत केही दर्शकदेखि विश्वको जनसंख्यामा ‘ग्लोवल माइग्रेशन’ले ठुलो प्रभाव पारिररहेका छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)का अनुसार शिक्षा, रोजगारीको अवसर र अन्य सुविधाको खोजीमा ठुलो जनसंख्या एक ठाँउदेखि अर्को ठाउँमा बसाइ सर्ने गर्दछन् ।

पछिल्लो समय रोजगारी र शिक्षाको खोजीमा वार्षिक ७० करोडभन्दा धेरै मानिस एक देशदेखि अर्को देश जाने गरेका अन्तर्राष्ट्रिय श्रमिक संगठन आइएलओको वार्षिक प्रतिवदेनमा उल्लेख छ । यसरी रोजगारीको खोजीमा विदेसिने श्रमिक र अध्ययनका लागि अन्य देश जाने पारिवारका कारण पनि बसाइसराई दिनप्रतिदिन बढिरहेको छ । वार्षिक २७ करोड जनसंख्या रोजगारीको खोजीमा एक देशदेखि अर्को देशमा जाने गरेका आइएलओको प्रतिवेदनमा उल्लेख छ । जसमा दैनिक विश्वभर शिक्षा, रोजगार र अन्य अवसरको खोजीमा वार्षिक ४० करोड जनसंख्या स्थानातरण हुने गरेका छन् ।

पछिल्लो समय सुरक्षित स्थानतिर बसाइ सर्ने क्रम बढदो छ । अल्पविकशित देशबाट विकसित देशमा बसाई सरेर जानेको संख्या बढ्दो छ। जसका कारण ठुला र अप्रिया घटना पनि घटिरहेका छन् । असुरक्षित बसाई सराइका कारण धेरै मानिसको ज्यान समेत जाने गरेको छ । म्याक्सिकोबाट अमेरिका जाने क्रममा रहेका धेरै आप्रबासीको दुःखद निधन भएका समाचार धेरै बाहिर आएका छन् । अमेरिका जाने आशामा ज्यान गुमाएमा हृदयविदारक तस्वीर सामाजिक सञ्जालमा भेटिन्छन् । यो दुःखद हो।

पछिल्लो समय एसियाली देश र अफ्रिकी मुलुकमा बसाईसराइले जनसंख्यामा ठुलो प्रभाव परिरहेको छ । युरोप तथा अमेरिकी आकर्षणले एसियाली मुलुकको जनसंख्या घट्दो अवस्थामा छन् । ठूलो सपना देखेका शिक्षित र योग्य मानिस विकसित राष्ट्र बसाई सर्नेक्रम बढेको युवाका क्षेत्रमा काम गर्ने ‘एसिया युथ’ले गरेको अध्ययनमा देखिएको छ । एसियाली राष्ट्र जस्तै अफ्रिकी राष्ट्रपनि बसाईसराईको चपेटनामा परेका छन् ।

सार्क राष्ट्रबाट ४५ प्रतिशत

सार्क राष्ट्रबाट क्रियाशिल जनंसख्यामध्ये १६ देखि ४९ वर्ष उमेर समुहका शिक्षा, रोजगार र अन्य अवसरको खोजी गर्ने ४५ प्रतिशत तेस्रो देश जाने गरेका छन् । यी राष्ट्र भित्रकै देशमा पनि धेरै मानिस बसाई सर्ने गरेको सार्क राष्ट्र सचिवलयले जनाएको छ । सार्क देशबाट वार्षिक ३ करोडभन्दा धेरै मानिस रोजगारी खोज्दै युरोप, खाडीका देश र अमेरिका जाने गरेका छन् ।

नेपाली पनि प्रवासमा रोजगारी र शिक्षाका अवसर खोज्दै बसाइ सर्ने क्रम वर्षेनी बढ्दै गएको युवा तथा रोजगारविज्ञ गणेश गुरुङ बताउँछन् । देशभित्र र बाहिर रोजगारका नाममा धेरै युवा बसाइ सर्ने गरेको गुरुङले बताए । ‘विगत केही वर्षयता नेपालीलाई विदेशको रोजगार र अध्ययन जानैपर्ने बाध्यता जस्तै भएको छ । राजनीतिक गतिविधिका कारण उत्पादनमूलक उद्योग बन्द भएकाले जागिर खोज्न पनि विदेसिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘रोजगारीका लागि नयाँ अवसर सिर्जना नहुनु, युवामैत्री योजना असफल हुन् नै युवा विदेश जान बाध्य हुनु हो । एउटा सन्तुलित जनसंख्या बिना कुनैपनि देशको सुरक्षा, दीगो विकास र उज्जल भविष्य निर्माण सम्भव छैन ।’

नेपालको ठुलो जनंसख्या रोजगारीको खोजीमा खाडीका देश, मलेसिया, अफ्रिका, युरोप र अमेरिका जाने गरेका छन् । जसका कारण पनि नेपालको जनसंख्यामा ठुलो असर परिरहेका छ । नेपालमा वार्षिक ४ लाख घरपरिवार एक स्थानदेखि अर्को स्थानमा बसाइसराइ सर्ने गरेको केन्द्रीय तंथ्याक विभागले जनाएको छ । नेपालको जनसंख्यामध्ये आधा करोडभन्दा धेरै जनसंख्या बाहिरिएका छन् । नेपालबाट वार्षिक १ हजारभन्दा धेरै परिवार विदेश बसाइ सर्ने गरेका छन् ।

जनसंख्या वृद्धि नकारात्मक पनि हुँदैन अहिले विश्वका विकसितभन्दा विकसित मुलुकहरुमा आफ्नो खस्कँदो जनसंख्याका कारण देशको भविष्य नकारात्मक विन्दुमा पुगेका घटनाहरूले डरलाग्दो अवस्थाको सिर्जना गरिरहेको छ । मान्छेहरु बच्चा जन्माउन भन्दा पनि काम, विकास र नवप्रर्वतनमा लागि छन् । जनसंख्या थोरै भएमा थोरै श्रोतले पनि गुणस्तरयूक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाँउमा छ। तथापि विकास अनि समृद्धिकालागि चाहिने जनशक्तिको पूर्णता पनि जनसंख्याले नै गर्ने त हो ।

आप्रवासी व्यवस्थापन गर्न चुनौती

आप्रबासीको सर्वाधिक रोजाईमा परेका देश अमेरिका र युरोपियन देशलाई बाहिरबाट जाने नागरिकको व्यवस्थापन गर्न ठूलो समस्या उत्पन्न भएको छ । विगत केही वर्ष यता युरोपका देश र अमेरिका पयालन हुने विदेशी नागरिकको संख्या बढ्दो छ । शिक्षा, रोजगार र अन्य सुविधाको खोजीमा वार्षिक १० करोडभन्दा धेरै जनसंख्या अमेरिका र युरोपका विभिन्न देश विदेशी नागरिक प्रवेश गदै आएको आइओएमको प्रतिवेदनमा छ । जसका कारण युरोपका देश र अमेरिकालाई आप्रवासी व्यवस्थापन गर्ने समस्या भइरहेको छ । विदेशी नागरिकको चाप बढदै गएपछि यी देशले आप्रवासनको समाधान खोजिमा छन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १ : ३८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६