सात समुन्द्र पारी नेपाली मुडासँग जोडिएको डायस्पोरा | Khabarhub Khabarhub

सात समुन्द्र पारी नेपाली मुडासँग जोडिएको डायस्पोरा


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चञ्चल ढकाल

अघिल्लो महिना सिड्नीको दक्षिण पश्चिमी क्याम्बल टाउन क्षेत्रमा ‘वैशाखी’ मेला चलिरहेको थियो । स्थानीय रंगशालामा आयोजित मेलामा दक्षिण एसियाली मुलका स्थानीयहरुको सहभागिता थियो । नेपाल, भारत, पाकिस्तान, बंगलादेशलगायतका देशसँग मुल जोडिएका स्थानीयहरुको उपस्थितिमा सबै देशको परिकारसहितका स्टलले बेग्लै रौनक दिएको भान हुन्थ्यो ।

नेपाली नयाँ बर्ष शुरु हुने वैशाख महिनाको नाममा अयोजित वैशाखी मेला दक्षिण एसियाका अधिकांश मुलुकहरुमा एउटै नामले चिनिनु पनि अनौठो संयोग थियो । यसै मेलामा हामीले नेपालका कारागारमा रहेका कैदीले बुनेका मुडाहरु प्रबद्र्धनका लागि राखेका थियौं । मेला हेर्न साँझपख कार्यक्रमस्थल आएका स्थानीय जनप्रतिनिधि तथा सांसदहरुको उपस्थितिले मेला आयोजकलाई उत्साहित बनाएको थियो । उनीहरु सबै स्टलमा पुगेका थिए ।

अस्ट्रेलियाकै मुख्य पार्टी मध्येको एक लेवर पार्टीका दुई सांसद ग्रेग वारेन र डा.माईक फ्रिलेण्डरलाई हामीले बाँसको मुडा, कारागारको कहानी, मुडा र कारागारका कैदिका परिवारको अन्तरसम्बन्ध लगायतका कुरा सुनायौं । यति सुनेपछि उनीहरुले खुल्ला दिलले ‘वाउ अमेजिङ्ग स्टोरी, सो इन्सपिरेसनल’ भनी नयाँ उत्पादनबारे जानकारी पाएको भन्दै खुसी भए । बसेर फोटो खिचाए, विस्तृत छलफलका लागि कार्यालय आउन निमन्त्रणा पनि गरे ।

अस्ट्रेलियाली लेवरका सांसदहरु बाँयाबाट माईक फ्रिल्याण्डर र ग्रेग वारेन मुडामा बसेर फोटो खिचाउँदै । फोटोः ग्रेग वारेनको फेसबुकबाट

विदेशमा बसेर पनि नेपाली समुदायमा केही योगदान गरौं भनी हामीले गत वर्ष नुवाकोट कारागारबाट एक कन्टेनर मुडा अस्ट्रेलिया आयात गरेका थियौं । नितान्त नयाँ सामान, फरक बनावट, फालिएका टायरको उपयोग र कैदीका अर्थोपार्जनसँग प्रत्यक्ष जोडिएकाले यो हाम्रा लागि पनि फरक अनुभव थियो । नयाँ काम गरेको भन्दै मन बेग्लै रोमाञ्चक बनेको थियो । अस्ट्रेलियाली संसदकै शब्दहरुमा मुडाको कथा प्रेरणादायी हुनु पनि स्वभाविक नै हो ।

धेरै मेहनतले हातले बुनेका मुडा सम्भवत अस्ट्रेलियामा पहिलो पटक आयात भएको हुनु पर्छ । यसक्रममा हामीले मुडा र यसले नेपालसँग जोडेर ल्याएका उत्साहजनक सम्बन्धहरु बारे सुन्ने, सुनाउने र बुझ्ने मौका पाएका छौं । हप्ताभरको कामबाट फुर्सद पाएको शनिबार र आईतबार अहिले पनि हामी मुडाको बजारिकरणमा समर्पित छौं । बजार प्रवर्धन र विस्तारिकरणका लागि निरन्तर प्रयासका क्रममा हामी स्थानीय मेला, कार्यक्रम र अनलाईनमा सक्रियरुपमा लागि पर्दा विभिन्न दक्षिण एसियाली मुलका स्थानीयले नेपालसँगको सम्बन्धबारे पनि अनुभव बाँडेका छन्। जुन हाम्रा लागि खुसी र गर्वको कुरा हो ।

नेपाल, पाकिस्तान, बंगलादेश, भारतलगायतका मुलुकमा पनि मुडालाई एकै नामले चिनिने रहेछ। धेरै मुडा जेलमै उत्पादन हुँदो रहेछ । बंगलादेशबाट आएका एक जनाले ९० को दशकमा हनिमुन मनाउन पोखरा गएको र त्यो यात्रा जीवनकै उत्कृष्ट भएको बताए। उनले आफ्नो बाल्यकालमा घरमा महँगो फर्निचर खरिद गर्ने हैसियत नहुँदा आमाले मुडामा पाहुनालाई बस्न दिएको अनुभव सुनाए । पैसा नहुँदा पनि बाल्यकालमा मुडाको उपयोगिता र अनुभव उनले सुनाउँदा हामीलाई निक्कै रोचक लाग्यो ।

पञ्जाबबाट आएका एक सज्जनले नेपालमा बनाएका मुडा भन्ने थाह पाउने वित्तिकै चितवनमा हो भनी सोधे । कुरा गर्दै जाँदा उनी धेरै पहिले नेपाल घुम्न नेपाल पुगेका रहेछन् । अत्यन्तै राम्रो यात्रा अनुभव भएको सुनाउँदै उनले दुईवटा मुडा खरिद गरे ।

एक दिन मुडाको मुल्यबारे जानकारी माग्दै फेसबुकमा एक युवतीको मेसेज आयो । विस्तृतमा कुरा हुँदै जाँदा उनका पिता बंगलादेशमा कारागारका प्रशासनमा काम गरेका रहेछन् । नजिकबाट पिताको काम नियालेकी उनलाई यो कामले एकदम प्रभाव पारेको रहेछ । मुडा लिनु अगावै बैंकमार्फत मुल्य तिरेर उनी मुडा लिन घरमै आईपुगिन । त्यस्तै नयाँ बेहुलीलाई उपहार दिन भनी अर्को एकजना महिलाले पनि इगलबर्नस्थित घरमै मगाएकी थिइन ।

नेपाली कैदीले बनाएका मुडाका यस्ता थुप्रै काहानीहरु हामीले सिड्नीमा अनुभव गर्ने अवसर पाएका छौं । अस्ट्रेलियामा नेपाली मुलका समुदायसँगै अन्य दक्षिण एसियाली समुदायमा पाएको लोकप्रियताले यसको बजार विस्तारको सम्भावनाको संकेत दिएको छ । नेपालबाट सामान आयात गर्दाका कठिनाई, झमेला, अस्ट्रेलियाको भन्सारमा पुरा गर्नुपर्ने नियम र मुडाको गुणस्तर चेकजाँच प्रक्रिया तथा समानको उचित प्रमाणिकरण लागायतका पक्षमा ध्यान दिए नेपालका कैदिबन्दीले बनाएका मुडाले अस्ट्रेलियामा अझ बजार पाउने आशा गर्न सकिन्छ ।

नेपालले विदेशमा अतिनै न्युन निर्यात गर्ने भएकाले यस्ता समानहरु आईपुग्न महिनौं लाग्ने झमेलालाई सम्बोधन गर्न सके भविष्यमा नेपालका यस्ता नयाँ प्रकृतिका सामानहरुको बजार उच्च सम्भावना छ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १ : ०९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०