मनसुन सक्रिय हुँदा बाढीपहिरोको जोखिम | Khabarhub Khabarhub

मनसुन सक्रिय हुँदा बाढीपहिरोको जोखिम


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनी सक्रिय भएसँगै देशभर पानी परिरहेको छ । लगातार वर्षा हुँदा आइपर्ने प्राकृतिक विपद्को जोखिम पनि बढ्न थालेको छ । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम अझै केही दिन रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ ।

यस अवधिमा नेपालको अधिकांश स्थानमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने र एक/दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए ।

मनसुनको न्यून चापीय क्षेत्र नेपाल र भारतको सिमानामा आइपुगेकाले पनि बढी वर्षा भएको भन्दै बासीले आज काठमाडौँ उपत्यकामा पूर्ण बदली रहेको र अन्यत्र धेरैजसो स्थानमा मध्यम खालको बदली भइरहेको बताए ।

यस्तो छ मौसम पूर्वानुमान महाशाखाको २ दिनको मौसमी अनुमान

असार २६ गते (बिहिबार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानहरुमा भारि वर्षाको सम्भावना छ ।
राती: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको केहि स्थानहरुमा भारि वर्षाको संभावना छ भने एक दुइ स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ ।

असार २७ गते (शुक्रबार)

दिउँसो: देशका अधिकांश भू-भागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ।
राती: देशका अधिकांश भू-भागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ७ : ४१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६