थाइल्याण्डद्वारा बहराइनी शरणार्थी रिहा | Khabarhub Khabarhub

थाइल्याण्डद्वारा बहराइनी शरणार्थी रिहा


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलियामा शरणार्थीका रुपमा बसोबास गर्दै आएका एकजना बहराइनी फुटबलरलाई थाइल्याण्डले रिहा गरेको छ । बहराइनले उनलाई सुपुर्दगी गर्न गरेको माग फिर्ता लिएपछि उनलाई राजधानी बैंककको जेलबाट रिहा गरिएको थाई अधिकारीले जनाएका छन् ।
उनी जेलबाट रिहा हुनेबित्तिकै अन्तर्राष्ट्रिय विमानस्थल पुगेको बताइएको छ ।

सन् २०१४ देखि अष्टे«लियामा शरण लिइरहेका बहराइनी फुटबलर हकिम अल अरइबीलाई गत नोभेम्बरमा हनिमुन मनाउन थाइल्याण्ड आएका बेला बहराइनको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सूचनाका आधारमा विमानस्थलबाट पक्राउ गरिएको थियो ।

उनीमाथि बहराइनमा सन् २०११ मा भएको सरकारविरोधी प्रदर्शनमा सहभागी भएर विभिन्न अपराध गरेको अभियोग लागेको छ ।
त्यसपछि बहराइनले उनलाई सुपुर्दगी गर्नका लागि थाइल्याण्डसमक्ष आग्रह गरेको थियो ।

तर, बहराइनले उनलाई सुपुर्गदी गर्न गरेको आग्रह फिर्ता लिएपछि उनलाई रिहा गरिएको हो । यद्यपि बहराइनले उनलाई सुपुर्दगी गर्न गरेको आग्रह किन फिर्ता लिएको हो भन्ने स्पष्ट नभएको जनाइएको छ ।

उनलाई पक्राउ गरिएको विषयलाई लिएर अन्तर्राष्ट्रियस्तरमा चर्को आलोचना भएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ८ : ३४ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको