पुलिस बुढासुब्बा गोल्ड कपको शीर्ष चारमा | Khabarhub Khabarhub

पुलिस बुढासुब्बा गोल्ड कपको शीर्ष चारमा


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरानमा जारी बुढासुब्बा गोल्डकपमा पोखराको साहारा क्लबलाई पराजित गर्दै विभागीइ टिम नेपाल पुलिस क्लबले शीर्ष चारमा स्थान बनाएको छ ।

सोमबार धरान रंगशालामा सहारालाई सडन डेथमा पुलिसले ४—३ गोल अन्तरले पराजित हराएको हो । खेलको निर्धारित ९० मिनेटसम्म १—१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको ३३ औं मिनेटमा पुलिसका लागि निर कुमार राईको गोलमा सहाराविरुद्ध अग्रता लिएको थियो ।

तर, खेलको दोस्रो हाफमा पुलिसका खेलाडीले फाउल गरेपछि साहाराले पेनाल्टी पाएको थियो । पेनाल्टी प्रहार गरेका साहाराका विश्व अधिकारीले उक्त अवसरलाई सदुपयोग गर्दै ८४ औं मिनेटमा गोल गरे ।

धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । गोल्डकपको विजेताले ८ लाख पाउनेछ भने उपविजेताले ४ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ६ : ३१ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द