विद्यार्थीको आन्दोलनले उपचार प्रभावित | Khabarhub Khabarhub

विद्यार्थीको आन्दोलनले उपचार प्रभावित


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– विभिन्न चार बुँदे माग राख्दै गण्डकी मेडिकल कलेज पोखराका विद्यार्थीहरुले थालेको आन्दोलनले उपचार प्रभावित बनेको छ ।

अतिरिक्त शुल्क तत्कालै फिर्ता गर्नुपर्ने, सरकारले तोकेको शुल्क लिनुपर्ने, विद्यार्थीले तिरेको रकमको बिल उपलब्ध गराउनुपर्ने, परीक्षामा सामेल हुन र परीक्षाफल हेर्नमा रोक लगाउन नपाइने लगायतका चार बुँदे माग राख्दै विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।

गत माघ १७ गते देखि विद्यार्थीहरु शान्तिपूर्ण आन्दोलनमा रहेका छन् । उनीहरुले आफूहरुका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । प्रशासनले आफूहरुको मागको बेवास्ता गरेको भन्दै कलेजको प्राङ्गगणमा रिले अनसन जारी राखेका छन् ।

पटकपटक कलेज प्रशासनसँगको वार्ता विफल भएपछि आन्दोलरत विद्यार्थीहरुले पोखरा पृथ्वीचोक स्थित अस्पतालको इर्मेजेन्सी, ओपिडि, टिकट काउन्टरमा तालाबन्दी गरिदिएका छन् । आन्दोलनरत विद्यार्थीहरुले तालाबन्दी गरिदिएपछि उपचार सेवा प्रभावित भएको छ । उपचार गर्नका लागि अस्पताल पुगेका सेवाग्राहिहरु फर्किन बाध्य छन ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ६ : ३४ बजे

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष