सर्पको प्रयोग गरी अपराध स्वीकार्न लगाउने प्रहरीलाई कारबाही | Khabarhub Khabarhub

सर्पको प्रयोग गरी अपराध स्वीकार्न लगाउने प्रहरीलाई कारबाही


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अभियुक्तलाई सर्पको प्रयोग गरी जबरजस्ती अपराध स्वीकार गर्न लगाउने इण्डोनेशियाली प्रहरीले माफि मागेको छ । इण्डोनेशियाको सुदुर पूर्वमा रहेको पपुवा प्रान्तमा प्रहरीले अभियुक्तको घाँटीमा जिउँदो सर्प राखेर अपराध कबोल्न बाध्य पारिएको भिडियो भाइरल भएको थियो ।

प्रहरीले विज्ञप्ति जारी गर्दै अभियुक्तको घाँटीमा सर्प बाँध्ने प्रहरीलाई अनुशासनको कारवाहीको प्रकृया अघि बढाइएको जनाएको छ । भिडियोमा दुबै हात बाँधिएका अभियुक्तलाई प्रहरीले ‘‘कतिओटा मोबाइल चोरेको थिस् ?’’ भन्दै प्रश्न सोधेको देखिएको थियो । डरले चिच्याउँदै अभियुक्तले ‘‘दुईवटा’’ भनेको भिडियोमा देख्न सकिन्छ ।

प्रहरीको यस्तो घटना अमानवीय भएको भन्दै व्यापक आलोचना भएको थियो । पृथकतावादी आन्दोलन चलिरहेको इण्डोनेशियाको पपुवा क्षेत्रमा प्रहरीले मानव अधिकार हनन् गरेको समाचार नियमित आउने गर्छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : ५९ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको