महेन्द्रनगरविरुद्ध रुपन्देहीका बलरको शसक्त प्रदर्शन, रोमाञ्चक खेलमा वसन्तको टीम विजयी « Khabarhub

महेन्द्रनगरविरुद्ध रुपन्देहीका बलरको शसक्त प्रदर्शन, रोमाञ्चक खेलमा वसन्तको टीम विजयी


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढी प्रिमियर लिग (डीपीएल) मा रुपन्देही च्यालेन्जर्सले आफ्नो पहिलो खेलमा महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गर्दै सुखद् सुरुवात गरेको छ ।

रुपन्देहीले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले २० ओभर खेल्दै ८ विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो ।

फाप्ला क्रिकेट मैदानमा भएको खेलमा महेन्द्रनगरविरुद्ध रुपन्देहीका बलरले उत्कृष्ट बलिङ गर्दै डीपीएलमा आफ्नो पहिलो जित हात पारे ।

रुपन्देहीका विक्रम शोव, पुनित मेहरा तथा कप्तान वसन्त रेग्मीको कसिलो बलिङ माझ महेन्द्रनगरका ब्याट्सम्यान निरीह बने ।

महेन्द्रनगरका लागि आनन्द सुब्रमुनियमले २५ रन, रोहित कुमार पौडेलले २४ रन तथा मोहमद नाभेदले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

त्यस्तै, बलिङ तर्फ रुपन्देहीका लागि विक्रम शोवले ३ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिए भने पुनित मेहराले ४ ओभर बलिङ गर्दै १३ रन खर्चेर २ विकेट लिए त्यस्तै कप्तान वसन्त रेग्मीले ४ ओभर बलिङ गर्दै ८ रन मात्रै खर्चेर १ विकेट लिएका थिए ।

यस्तै, कृष्ण कार्की र ललितसिंह भण्डारीले समान १—१ विकेट लिएका थिए ।

यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको रुपन्देहीका लागि सुमित महर्जनले २५ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले धेरै रन जोड्न सकेका थिएनन् । विनोद भण्डारी १९ रन, विक्रम शोव १६ तथा सन्दीप सुनार १५ रनमा समेटिए ।

रुपन्देही विरुद्ध महेन्द्रनगरका सिदान्त लोहनी सागर ढकाल, अभिनास बोहराले उत्कृष्ट बलिङ गरेका थिए ।

सिदान्तले सर्वाधिक ३ विकेट लिँदा सागर ढकाल र अभिनास बोहराले् समान २—२ विकेट लिए भने कप्तान शरद भेषावकरले १ विकेट लिएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : २५ बजे

मर्स्याङ्दी गाउँपालिकाले एचआईभी संक्रमितलाई मासिक भत्ता दिने

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता

शून्य लागतमा एक हजार कामदार मलेसिया जान पाउने

काठमाडौं– वैदेशिक रोजगारीका लागि एक हजार नेपाली शून्य लागतमा मलेसिया

उपनिवेशको प्रभाव हटाउँदै फ्रान्स

फ्रान्सको आजको दिनको शक्ति र बलमा कुनै समय आफ्नै उपनिवेशमा

माओवादी स्थायी कमिटी बैठक बस्दै : पदाधिकारी टुंगो लगाउने

काठमाडौं- पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको

शुक्रबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं – शुक्रबार बिहान गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ