सिरियाबाट अमेरिकी सेना फिर्ती प्रकृया केही साताभित्रै | Khabarhub Khabarhub

सिरियाबाट अमेरिकी सेना फिर्ती प्रकृया केही साताभित्रै


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिरियामा रहेका अमेरिकी सेना फिर्ता बोलाउने प्रक्रिया केही सातापछि शुरु हुने अमेरिकी सैनिक अधिकारीले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट सेना फर्काउन दिएको निर्देशन अनुसार सेना फिर्ता गर्ने प्रकृया केही साताभित्रै शुरु हुने अमेरिकी सेन्ट्रल कमाण्डका कमाण्डर जोसेफ भटललाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अमेरिकी सेना केही साताभित्र फिर्ता भएपनि त्यस क्षेत्रमा विकास हुने घटनाक्रमले अमेरिकी सेना फिर्ता हुने मिति निर्धारण गर्ने भटलको भनाइ छ । सिरियाबाट अमेरिकी सेनाले सैनिक उपकरण भने फिर्ता गर्ने प्रकृया यसअघि नै शुरु गरिसकेको समाचार सार्वजनिक भएको थियो ।

सैनिक उपकरण फिर्ता गर्नभन्दा सेनामा काम गर्ने मानिसहरुलाई फिर्ता गर्ने काम सजिलो भएकाले सिरियाबाट सेना फिर्ता गर्न धेरै समय नलाग्ने भटलको भनाइ छ ।

सिरियाको डिएर एजजोर प्रान्तमा रहेको इस्लामिक स्टेटको अन्तिम गढमा अमेरिका समर्थित फौजले आक्रमा सुरु गरेको केही दिनभित्रै अमेरिकी सैनिक कमाण्डरको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ४ : १७ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को