रुपन्देहीद्वारा महेन्द्रनगरसमक्ष झिनो लक्ष्य | Khabarhub Khabarhub

रुपन्देहीद्वारा महेन्द्रनगरसमक्ष झिनो लक्ष्य


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत सोमबार भएको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेड समक्ष १ सय १२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरविरुद्ध टस जितेर पहिलो ब्याटिङ गरेको रुपन्देही २० ओभरमा अल आउट हुँदै १ सय ११ रन बनाएको हो । महेन्द्रनगर युनाइटेडका बलरको सशक्त प्रदर्शन रह्यो ।

रुपन्देहीका लागि सुमित महर्जनले २५ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले धेरै रन जोड्न सकेनन् । विनोद भण्डारीले १९ रन, विक्रम सोवले १६ तथा सन्दीप सुनारले १५ रन बनाएका थिए । कप्तान वसन्त रेग्मी र ललितसिंह भण्डारी शुन्यमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

रुपन्देहीविरुद्ध महेन्द्रनगरका सिद्धान्त लोहनी, सागर ढकाल, अभिनास बोहराले उत्कृष्ट बलिङ गरे । सिद्धान्तले सर्वाधिक ३ विकेट लिँदा सागर ढकाल र अभिनास बोहराले समान २—२ विकेट लिए भने कप्तान शरद भेषावकरले १ विकेट लिए ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ३ : ११ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले