चिकित्सकलाई स्वास्थ्य मन्त्रालय प्रवेशमा रोक, सामूहिक राजीनामा दिने डाक्टरहरुको चेतावनी | Khabarhub Khabarhub

चिकित्सकलाई स्वास्थ्य मन्त्रालय प्रवेशमा रोक, सामूहिक राजीनामा दिने डाक्टरहरुको चेतावनी


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आन्दोलनरत सरकारी चिकित्सकलाई स्वास्थ्य मन्त्रालय प्रवेशमा रोक लगाइएको छ ।

कर्मचारी समयोजनमा चिकित्सकको दरबन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै सोमबार स्वास्थ्य मन्त्रालय घेराउका लागि पुगेका चिकित्सकलाई स्वास्थ्यमन्त्रालय प्रवेशमा रोक लगाइएको हो ।

सरकारी चिकित्सक संघ (गोदान)को आब्हानमा सोमबार बिहान १० बजे देशभरका करिब १ सय ५० चिकित्सक वीर अस्पतालमा भेला भइ १२ बजे स्वास्थ्यमन्त्रालय पुगेका थिए । तर उनीहरुलाई प्रहरीले माइतीघर मण्डलामै रोकेको थियो ।

प्रहरीले स्वास्थ्य मन्त्रालय प्रवेशमा रोग लगाएपछि आफूहरु २ बजेसम्म माइतीघर मण्डलामा धर्नामा बसेको गोदानका अध्यक्ष दिपेन्द्र पाण्डेले खबरहबलाई बताए ।

‘कर्मचारी समायोजनको विषयमा सरकारले हामीसँग गरेको सहमति कार्यन्वय गरेन, हामीलाई हिजो गिरफतार समेत गर्यो‍,’ डा. पाण्डेले भने, ‘हामी त्यसैको विरोधमा आज स्वास्थ्यमन्त्रालयमा शान्तिपूर्ण धर्ना गर्न गएका थियौं, हामीलाई स्वास्थ्य मन्त्रालयमा प्रवेश गर्न दिइएन ।’

उनले आगामी फागुन ३ गतेसम्म स्वास्थ्य मन्त्रालयमा धर्नाको कार्यक्रम जारी राख्ने समेत बताए ।

डा. पाण्डेले शान्तिपूर्ण धर्नामा स्वास्थ्य मन्त्रालयले प्रवेश निषेध गरेर आफूहरुको मागमा व्यवस्ता गरेको भन्दै अझै कडा अन्दोलनको चेतावनी समेत दिएका छन् । सरकारले आफ्ना मागहरु सम्बोधन नगरे देशभरका सरकारी चिकित्सकले सामूहिक राजीनामा दिने उनको चेतावनी छ ।
‘हाम्रो आन्दोलनले स्वास्थ्य सेवा प्रभावित हुने कुरा निश्चित छ, स्वास्थ्यसेवा प्रभावितको त कुरै भएन,’ डा.पोण्डेले भने, ‘सरकारले हाम्रो कुरा सुनेन भने अब हामी सामूहिक राजीनामा दिन्छौं ।’

गोदानले देशभर कार्यरत सरकारी चिकित्सकलाई काठमाडौं बोलाएर स्वास्थ्य मन्त्रालय केन्द्रित आन्दोलन गरिरहेको छ ।
यसअघि आइतबार स्वास्थ्य मन्त्रालय घेराउ गर्न पुगेका गोदानका अध्यक्ष डा. पोण्डे सहित २५ जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयबाटै प्रहरीले गिरफ्तार गरेको थियो ।

स्वास्थ्य मन्त्रालय भन्छ : सहमति कार्यन्वय भन्ने वित्तिकै हुँदैन

यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने कुनैपनि चिकित्सक र नर्सलाई स्वास्थ्यमन्त्रालयमा प्रवेश निषेध नगरिएको बताए ।
‘हामीले स्वास्थ्य मन्त्रालयमा कुनै डाक्टर नर्सलाई प्रवेशमा रोक लगाएका छैनौं तर आन्दोलन गर्न निषेध गरिएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘हामीले उहाँहरुको मागको वेवास्ता गरेका छैनौं स्वास्थ्य मन्त्रालयले वार्ता समिति नै बनाएर उहाँहरुसँग सहमति गरिसकेको छ । सहमति कार्यान्वयन गर्न केही समय त कुर्नु पर्‍यो नि ।’

स्वास्थ्य मन्त्रालयमा सुरक्षा व्यवस्था कडा

कर्मचारी समायोजन प्रक्रिया सुरुभएसँगै स्वास्थ्य क्षेत्रका कर्मचारीहरु विभिन्न माग राख्दै स्वास्थ्य मन्त्रालय केन्द्रित आन्दोलन गरिहेका छन् । सिंहदरबार बाहिर रहेको एकमात्र मन्त्रालय स्वास्थ्य मन्त्रालय स्वास्थ्यकर्मीको आन्दोलन क्षेत्र बनेपछि स्वास्थ्य मन्त्रालयले सुरक्षा व्यवस्था कडा पारेको छ । स्वास्थ्य मन्त्रालयको प्रवेशद्वारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

‘स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र भएको भए सुरक्षा व्यवस्था कडा पार्नु आवश्यक थिएन, बाहिर भएपछि स्वास्थ्यकर्मीको आन्दोलन गर्ने थलो बन्न पुग्यो, प्रवक्ता श्रेष्ठले, ‘त्यसैले अहिले स्वास्थ्य मन्त्रालयको सुरक्षाका लागि केही प्रहरी थप गरिएको छ ।’

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ३ : ०६ बजे

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको