नेबिसंघ अध्यक्ष नैनसिंह महरद्वारा राजीनामा (विज्ञप्तिसहित) | Khabarhub Khabarhub

नेबिसंघ अध्यक्ष नैनसिंह महरद्वारा राजीनामा (विज्ञप्तिसहित)


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।

आफ्नो कार्यकालको थप गरिएको पछिल्लो समयावधि पनि सकिएको उल्लेख गर्दै नेविसंघका अध्यक्ष महरले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् ।

नेविसंघको १२ औं महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नुको साटो पार्टीका नेताहरुबीच नै खिचातानी हुन लागेपछि आफूले पदबाट राजीनामा दिएको पनि अध्यक्ष महरले जानकारी दिए ।

सोमबार सभापति देउवालाई राजीनामा बुझाउनु अघि उनले पत्रकार सम्मेलन गरी समयावधि सकिएकाले आफूले पदबाट राजीनामा दिएको स्पष्ट पारे । उनले आफूले राजीनामा दिएपछि संघको १२ औं महाधिवेशन सम्पन्न गराउन पार्टी नेतृत्वलाई सहज हुने विश्वास पनि व्यक्त गरे ।

गत भदौमा महर नेतृत्वको नेविसंघको कार्यकाल सकिएको थियो । त्यसपछि थप गरिएको समय पनि माघ २ गते सकिएपछि सभापति महरले वैधानिकतामाथि प्रश्न उठने भन्दै पदबाट राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिने क्रममा स्ववियू निर्वाचनमा संघलाई पहिलो स्थानमा पु¥याएको, राष्ट्रियता सम्बन्धि आन्दोलनलाई नेतृत्व दिएको लगायतका आफ्ना कार्यकालको मुख्य उपलब्धि रहेको पनि बताए ।

काँग्रेसभित्र नेविसंघको महाधिवेशनको मिति तय गर्ने विषयमा पनि विवाद छ । सोही विवादका कारण संघको १२ औं महाधिवेशन अझै पनि अन्योलमा रहेको छ । अध्यक्ष महरमाथि सो महाधिवेशन समयमै सम्पन्न नगरेको आरोप लाग्दै आएको थियो ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  २ : ४५ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको