भगवान रामसँग थिएन पुष्पक विमान, रावणसँग थिए लडाकु विमान ! | Khabarhub Khabarhub

भगवान रामसँग थिएन पुष्पक विमान, रावणसँग थिए लडाकु विमान !


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दूधर्म ग्रन्थहरुमा भगवानहरुले पुष्पक विमान चढेको प्रशंग सुन्नु भएको होला । रामायणमा पुष्पक विमानको प्रसंग रावणसँग जोडिएर आउने गरेको छ ।

वनवासमा रहेको बेला सीताको हरण गर्न रावणले पुष्पक विमानको प्रयोग गरेका थिए भने उनकी वहिनी सुपर्णखालेसमेत पुष्पक विमानको प्रयोग गरेको कथाहरु पढ्न पाइन्छ । यसकै आधारमा लंकाका राजा रावणसँग धेरैवटा पुष्पक विमानहरु रहेको बुझ्न सकिने धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ ।

त्रेता युगमा समेत विमानहरुको प्रयोग हुने गरेको प्रसंगले रोमाञ्चित हुनुभएको छ भने यसबारे धर्मग्रन्थहरुमा उल्लेख गरिएको केही तथ्य यस्ता छन् ।

धर्मग्रन्थहरुका अनुसार रावणसँग पुष्पक विमानका साथसाथै लडाकु विमानसमेत थिए । जसमध्ये एउटा विमानमा सीताको हरण गरिएको थियो र लंका लगिएको थियो । अन्य विमानहरुको प्रयोग रामसँगको युद्धमा प्रयोग भएका थिए ।

पुष्पक विमानको निर्माता विश्वकर्मा थिए । कथाहरुमा यस्तो पनि पाइन्छ कि पुष्पक विमान भगवान ब्रह्मासँग थियो जसलाई ब्रह्माले कुबेरलाई उपहार स्वरुप दिएका थिए । तर रावणले यो विमान कुवेरसँग हडपेर लिएर गए ।

रावणको मृत्युपछि यो पुष्पक विमानमा विभीषणको अधिकार रह्यो र विभीषणले यो विमान कुवेरलाई दिए । कुवेरले यो विमान रामलाई उपहार दिएका थिए । र, लंका जितेपछि राम, सीता, लक्ष्मण र हुनमान यही विमानमा चढेर अयोध्या पुगेका थिए ।

यस्ता थिए पुष्पकविमानका विशेषता

बाल्मीकि रामायणमा गरिएको वर्णन अनुसार यो विमान मयुरकोे आकारको थियो ।

यसको गति निकै तिव्र थियो र चालकको इच्छा अनुसार यसलाई कुनै पनि स्थानमा लैजान सकिन्थ्यो ।

अचम्म लाग्ने कुरा त यसलाई आवश्यकता अनुसार सानो ठूलो बनाउन सकिन्थ्यो ।

यो रातको समयमा पनि उड्न सक्थ्यो ।

सबै ऋतुहरुका अनुसार यो विमानमा सुत्ने, मणिहरुले सजिएको ढोका र सिँढिहरु थिए ।

यो विमानमा गोप्य कक्ष पनि थियो भने नीलमले बनेको सिंहासन पनि थियो ।

यो विमान एक स्थानबाट अर्को स्थानमा मात्र होइन एक ग्रहबाट अर्को ग्रहमा पनि जानसक्ने खालको भएको धर्मग्रन्थहरुमा व्याख्या गरिएको छ ।

पुष्पक विमान जसले पायो त्यसले चलाउन सक्दैन थियो त्यसका लागि विमान सञ्चालन सम्बन्धी मन्त्र सिद्ध हुनुपर्ने व्यवस्था थियो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १ : ५७ बजे

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको

साँगा-धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको