चेल्सीको पोस्टमा सिटीको ६ गोल, अग्युरोको ह्याट्रिक | Khabarhub Khabarhub

चेल्सीको पोस्टमा सिटीको ६ गोल, अग्युरोको ह्याट्रिक


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शनिबार लिभरपुल भन्दा ३ अंकले पछि परेको म्यानचेस्टर सिटी आइतबार चेल्सीलाई पराजित गर्दै पुनः शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति घरेलु मैदानमा चेल्सीविरुद्ध सर्जियो अग्युरोको ह्याट्रिक प्रेरित सिटीले चेल्सीमाथि ६—० को शानदार जित हासिल गरेपछि शीर्ष स्थानको लिभरपुललाई पछि पारेको हो ।

सिटीका लागि ह्याट्रिक नायकको पहिचान बनाएका अग्युरोले ह्याट्रिक गर्दा पाउल स्ट्रलिङले दुई गोल गरे भने पेपे गोन्डोगानले एक गोल गरेपछि सिटीले चेल्सीलाई फराकिलो अन्तरले पराजित गर्यो ।

शीर्ष स्थानको लिभरपुलसँगको दूरी घटाउने महत्वपूर्ण खेलका रुपमा हेरिएको चेल्सीसँगको खेलमा सिटीका खेलाडीले उत्कृष्ट लय समात्दै आफूलाई शीर्ष स्थानमा पुर्या‍उन सफल भए ।

जितसँगै सिटी र लिभरपुलको समान ६५—६५ अंक भएपनि गोलअन्तरका आधारमा सिटी शीर्ष स्थानमा पुगेको हो ।

घरेलु मैदानमा उत्साहित देखिएको सिटीका लागि स्ट्रलिङले खेलको चौथो मिनेटमा गोल गरेपछि टिमले १—० को अग्रता बनाएको थियो । १—० को अग्रता बनाएको सिटीका लागि अग्युरोले १३ औं र १९ औं मिनेटमा व्यक्तिगत २ गोल गर्दा सिटी सहज अवस्थामा थियो । त्यस्तै, सिटीका लागि २५ औं मिनेटमा गोन्डोगानले गोल गर्दा पहिलो हाफमा सिटीले ४—० को फराकिलो अन्तर बनाइसकेको थियो ।

५६ औं मिनेटमा चेल्सीका खेलाडीले सिटीका खेलाडीमाथि फाउल गर्दा पाएको पेनाल्टीमा अग्युरोले गोल गर्दै चेल्सीविरुद्ध ह्याट्रिक पुरा गर्दा टिम ५—० ले अघि रहेको थियो भने स्ट्रलिङले ८० औं मिनेटमा अर्को गोल थपेपछि सिटीले ६—० गोल अन्तरले चेल्सीलाई हरायो ।

जितहासिल गरेको सिटी शीर्ष स्थानमा उक्लिदाँ पराजित चेल्सीको ५० अंकसहित छैठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १२ : १७ बजे

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयबाट