लोकगायक खड्ग गर्बुजाले लेखे ‘मोडिएको बाटो’ | Khabarhub Khabarhub

लोकगायक खड्ग गर्बुजाले लेखे ‘मोडिएको बाटो’


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शारीरिक रुपमा अशक्त भएर पनि लोकसंगीतको क्षेत्रमा निरन्तर सक्रिय रहेका लोकगायक खड्ग गर्बुजाले आफ्नो आत्मकथा बजारमा ल्याएका छन् । रेडियो नेपालका जागीरे समेत रहेका गर्बुजाको उक्त आत्मकथा घोस्ट राइटिङ नेपालले बजारमा ल्याएको हो ।

‘मोडिएको बाटो’ शीर्षक दिइएको आत्मकथामा आफ्नो जीवनका सबै आरोह अवरोहलाई पुस्तकमा समेटेको गायक गर्बुजाले बताए ।

‘पुस्तक तयार भइसकेको छ, हामीले अझै बजारमा पठाएका छैनौं, अब बजारमा जान्छ ।’, गर्बुजाले सुनाए ।

आफूले घर छोडेर सडकमा गाउँदै हिँड्दादेखि रेडियो नेपालको यात्रासम्म उनले आत्मकथामा लेखेका छन् । आत्मकथाको मूल्य रुपैयाँ ५ सय राखिएको छ भने उपन्यासलाई छिट्टै बजारमा पठाइने गर्बुजाले जानकारी दिए ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ११ : ३५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न