नेपाल र मोरिससबीच सरकारीस्तरमा श्रम सम्झौतापत्रमा हस्ताक्षर | Khabarhub Khabarhub

नेपाल र मोरिससबीच सरकारीस्तरमा श्रम सम्झौतापत्रमा हस्ताक्षर


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिकी मुलुक मोरिसस र नेपाल सरकारबीच सरकारीस्तरमा श्रम सम्झौता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहको अवसरमा दुई देशबीच सम्झौता भएको हो ।

जेनेभामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट र मोरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिम मन्त्री सुदेश एस क्यालीचर्नले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा मोरिससका मानव संशाधनमन्त्री नासेर थानी अल हम्ली पनि सहभागि भएको थिए । आइएलको शतवार्षिकी समारोहमा नेपाल सरकार र मोरिसस सरकारका प्रतिनिधिबिच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जेनेभाबाट जानकारी दिएका छन् ।

नेपाल र मरिससले पारदर्शिता, निष्पक्षता र नैतिकतामा आधारित श्रमिक भर्ना प्रणालीलाई अवलम्बन गर्ने विषयलाई श्रम सम्झौतामा प्रष्ट किटान गरिएको सहसचिव डा घिमिरेले जानकारी दिए । श्रमिकको भर्ना छनोटदेखि गन्तव्य मुलुकसम्म पुग्दाका सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने गरी सम्झौतामा उल्लेख गरिएको उनको भनाइ छ ।

श्रमिक जाने प्रक्रियामा कामदारले कुनै शुल्क व्यहोर्नु नपर्ने विषयलाई श्रम सम्झौतामा उल्लेख भएको सहसचिव डा घिमिरेले जानकारी दिए । राहदानीलगायत व्यक्तिगत परिचयसँग सम्बन्धित कागजपत्र कामदार स्वयंले राख्न पाउने गरी श्रम सम्झौतामा उल्लेख गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

महिला कामदारका लागि विशेष सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने, समयमै तोकिएको सेवासुविधा भुक्तानी गर्नुपर्ने, कानुनी उपचार खोज्न पाउने, वकिल र अनुवादकको लागत खर्च रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्थालाई सुनिश्चित श्रम सम्झौता पत्रमा गरिएको छ ।

अनियमित भर्ना, बाध्यकारी श्रम, मानव बेचबिखन, मानव तस्करीजस्ता अपराध नियन्त्रण गर्न दुवै देश सहमति भएको उल्लेख गरिएको छ । नेपाली श्रमिक मोरिससले भने म्यानपावर कम्पनीमार्फत नै लिने जनाइएको छ ।

होटल, उत्पादन क्षेत्रमा नेपाली कामदारले रोजगारीको अवसर मोरिसस सरकारले दिने भएको छ । मोरिससको हावापानी, धर्म, संस्कृति, भाषा नेपाली कामदारको अनुकूल रहेको छ । मोरिसस भारतीय नागरिकको बाहुल्यता रहेको छ । मरिससको मुख्य आम्दानीको स्रोतका रुपमा पर्यटन रहेको छ । श्रम मन्त्रालयले चालु आर्थिक वर्षभित्र मलेसिया र जापानसँग पनि श्रम सम्झौता गरेको थियो ।

हाल पनि मोरिसस नेपाली श्रमिक रोजगारीका लागि जाने गरेका छन् । हाल बार्षिक २ हजारभन्दा धेरै नेपाली भारत हुँदै मोरिसस रोजगारीका लागि जाने गरेका छन्।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ८ : ३५ बजे

नेपालमा लगानी गर्न कतारका राजालाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी

लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत कानून संशोधन स्वागतयोग्य : महासंघ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि कानुन

नेपाल-कतार संयुक्त वाणिज्य परिषद्‌ स्थापना

काठमाडौं – नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल-कतार संयुक्त

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर भएको

‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ सुरु

काठमाडौं– काठमाडौँ–विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु