जुता–चप्पलदेखि आइसक्रिमसम्म, २ सय वस्तुको भन्सार महसुल वृद्धि | Khabarhub Khabarhub

जुता–चप्पलदेखि आइसक्रिमसम्म, २ सय वस्तुको भन्सार महसुल वृद्धि


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने भन्दै सरकारले २ सयभन्दा बढी आयातित वस्तुमा भन्सार वृद्धि गरेको छ ।

सरकारले बजेटसँगै ल्याएको आर्थिक विधेयकमा आयातित वस्तुहरुमा भन्सार महसुल वृद्धि गरिएको उल्लेख छ । विधेयक अनुसार कुखुराको मासु, खानेपानी, जुत्ता–चप्पल, बिस्कुट–पाउरोटी, जुस, मरिच, चिया–कफी, आइसक्रिम, रक्सी, डब्बल–क्याप पिकअप लगायतका वस्तुमा भन्सार महसुल ५ देखि ४५ प्रतिशतसम्म वृद्धि गरिएको छ ।

त्यस्तै, इनर्जी ड्रिङ्कसमा भन्सार ४५ प्रतिशतले बढाएर ७५ प्रतिशत र जुत्ता चप्पलमा २० प्रतिशतले बढाएर ४० प्रतिशत पु¥याइएको छ ।
चिनी उद्योग तथा उखु किसानलाई संरक्षण गर्न भन्दै सरकारले चिनीमा १० प्रतिशत भन्सार बढाएको छ । बदाम, काजु, पेस्ता लगायका वस्तुमा पनि भन्सार १० प्रतिशत भन्सार वृद्धि गरिएको छ । त्यस्तै जुसमा ३०, कफी–चियमा १०, दूध पाउडरमा १० प्रतिशतले भन्सार वृद्धि गरिएको छ । खेलौनाहरुमा भने पाँच प्रतिशले मात्र भन्सार वृद्धि गरिएको छ ।

नेपालमा नै उत्पादन हुने खालको वस्तुमा भन्सार वृद्धि गरिँदा स्वादेशी उत्पादनले बजार पाउने र स्वादेशी उत्पादनलाई विदेशी उत्पादनसँग प्रतिस्प्रर्धा गर्न समेत सहज हुने अर्थमन्त्री युवारज खतिवडाको भनाइ छ । यसले देशको व्यापार घाटालाई घटाउँदै कूल ग्रार्हस्थ उत्पादनमा सहयोग पुर्‍याउने उद्योगी/व्यवसायीहरुको भनाइँ रहदै आएको छ ।

आयतलाई निरुत्साहित गर्दै सरकारले दूध, माछा–मासु तथा अण्डामा मुलुकलाई आत्मनिर्भर बनाउने योजना बजेटमार्फत अंगालेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ६ : ३६ बजे

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा

लुम्बिनीका संसदीय समिति सर्वसम्मत चुनिँदै

बुटवल– लुम्बिनी प्रदेश सभाका सात विषयगत समितिका सभापति सर्वसम्मत चयन

अबको नीति तथा कार्यक्रमले जनतामा आशा जगाउने छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको नीति तथा कार्यक्रमले जनतामा

संविधान कार्यान्वयनमा राजनीति दलको नै असमझदारी छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमा राजनीति दलको नै

खबरहबमा प्रधानमन्त्री : सुशासनबारे छलफल

काठमाडौं– इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र