चोटग्रस्त भारतीय ब्याट्सम्यान धवनलाई केही हप्ता आराम | Khabarhub Khabarhub

चोटग्रस्त भारतीय ब्याट्सम्यान धवनलाई केही हप्ता आराम


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेटको दोस्रो खेलमा भारतीय टोलीका ओपनिङ ब्याट्सम्यान शिखर धवन चोटग्रस्त भएपछि केही हप्ता टोली बाहिर रहने भएका छन् ।

अस्ट्रेलियाविरुद्धको खेलका क्रममा औंलामा चोट लागेका धवनले ३ हप्ताका लागि आराम पाएका हुन् । ३ हप्ताको आराम पाएका धवनले जारी विश्वकपमा पाँच खेल गुमाउने छन् ।

अष्ट्रेलियाविरुद्ध आइतबार भएको खेलमा धवनको बायाँ हातको बुढी औंलामा चोट लागेको थियो । उक्त खेलमा धवनले अष्ट्रेलियाविरुद्ध ११७ रनको शतकीय इनिङ्स खेलेका थिए । धवनको शतकीय इनिङ्समा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको थियो ।

टोली बाहिर रहँदा धवनले विश्वकप अन्तर्गत न्युजिल्याण्ड, पाकिस्तान, अफगानिस्तान, वेष्ट इण्डिज र इंग्ल्याण्डसँगका खेल गुमाउने छन् ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ४ : ५५ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही