कतारमा नेपाली कामदारमाथि चरम शोषण, ९ वर्षमा १४ सयको मृत्यु | Khabarhub Khabarhub

कतारमा नेपाली कामदारमाथि चरम शोषण, ९ वर्षमा १४ सयको मृत्यु


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली युवाका लागि वैदेशिक रोजगारीको एक प्रमुख गन्तव्य कतार हो । वार्षीक ९० हजारदेखि १ लाखसम्म नेपाली युवा श्रमकै लागि रोजगारी खोज्दै कतार जाने गरेको वैदेशिक रोजगार विभाागको तंथ्याकमा उल्लेख छ । कतार रोजगारीका लागि गएका धेरै नेपाली श्रमिकले कार्यस्थलमै ज्यान गुमाउने गरेको विषयमा गत जेठ २२ गते अरब न्युजले एउटा समाचार प्रकाशित गरेको थियो ।

कतारमा विश्वकपका लागि रंगशाला निर्माण हुन थालेपछि ९ वर्षको अवधिमा रंगशाला निर्माणमा काम गर्न गएका करिब १ हजार ४ सय नेपाली श्रमिकले ज्यान गुमाएको समाचारमा उल्लेख गरिएको छ ।

डब्लूडिआरले ‘ट्र्याप्ड इन कतार’ शीर्षकमा शुक्रबार (२२ जेठ) भिडियोमार्फत डकुमेन्ट्री सार्वजनिक गरेको थियो । यो डकुमेन्ट्रीमा पनि रंगशालामा काम गर्न पुगेका ठुलो संख्या नेपाली कामदारको मृत्यु र अंगभंग हुने गरेको विवरण सार्वजनिक गरिएको छ । डब्लूडिआरका अनुसार कतारमा रंगशाला बनाउन गएका हजारौँ नेपालीमध्ये वार्षीक १ सय १० जनाले कार्यस्थलमै ज्यान गुमाउने गरेको बताइएको छ ।

कतारमा मृत्यु भएका एक नेपाली कामदारको शव घर ल्याइएपछि, तस्वीर– सीएनएन

डब्लूडिआरको खोजमूलक भिडियो डकुमेन्ट्रीकै आधारमा सार्वजनिक भएका समाचारमा पनि धेरै नेपालीले कतारमा ज्यान गुमाउने गरेको तथ्यांक सार्वजनिक भएका छन् ।

पाउँदैनन् राहत र सहयोग

कतार रंगशाला निर्माणका क्रममा निधन भएका नेपाली परिवारले कतारबाट कुनै राहत तथा अनुदान नपाएको गुनासो डकुमेन्ट्रीमै बताइएको छ । यो डकुमेन्ट्रीमा रंगशालामा काम गरिरहेका नेपाली श्रमिकले बन्दी भएर काम गरिरहेको आवाजसहितको भिडियो पनि सावजार्निक गरिएको छ । कतारमा रंगशालाको काम गर्न गएका मानिसहरुले आधारभूत मानवीय आवश्यकता नपाएको देखाइएको छ ।

९ वर्षभित्र रोजगारीका लागि रंगशालामा काम गर्ने गएका १ हजार ४ सय ज्यान गुमाएका छन् । भने, अन्य क्षेत्रमा काम गर्ने गएका २ हजारभन्दा धेरै ज्यान गुमाएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तंथ्याकमा छ । यो सामान्य विषय पनि होइन । यो विषयमा सरकारले गम्भीर भएर काम गरेको पनि देखिदैन ।

विभिन्न सञ्चारमाध्यममा आएमा समाचारलाई हेर्ने हो भने रोजगारीका लागि कतार पुगेका धेरै श्रमिक कार्यस्थलमै हुने मृत्युको उच्च जोखिममा छन् । कतार राम्रो रोजगार गन्तव्य देश भएपनि नेपाली कामदारको मृत्युदर भने उच्च नै छ । गत वर्षको जेठ महिनादेखि मलेसिया रोजगारी बन्द भएपछि कतार धेरै नेपाली कामदार जाने गरेको विभागले जनाएको छ ।

कतार कामदार पठाउन किन रोक्दैन सरकार !

रोजगारीका लागि कतार मात्र होइन खाडीका देश र मलेसिया पुगेका धेरै नेपाली कामदारले ज्यान गुमाउने गरेका छन् । वैदेशिक रोजगारीमा गएका १ हजारभन्दा धेरै नेपाली श्रमिकले स्रोत देशमै मृत्यु भएर शव नेपाल ल्याउने गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तंथ्याकमा छ । तर, सरकारले के कारण रोजगारीका लागि गएका नेपाली श्रमिकको विदेशमा मृत्यु भइरहेको छ भने विषयमा खासै अध्ययन गरेको पाइदैन । मलेसिया पछि धेरै नेपालीको मृत्यु कतारमा हुने गरेको बोर्डको तंथ्याकमा छ ।

सरकारले यति ठुलो संख्यामा रोजगारीमा गएका नेपालीको विदेशमा मृत्यु भएपनि यो समस्याको समाधान भने खोजेको पाइदैन् । यति ठुलो सख्यामा मृत्यु भइरहेको देश कतार कामदार पठाउन विषयमा सरकार गम्भीर पनि देखिदैन । अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओे) को मापदण्डमा धेरै कामदार मृत्यु हुने देश श्रमिक आपूर्ति नै रोकेर समस्या समाधान खोज्नु पर्ने व्यवस्था छ ।

कतारमा कार्यरत अप्रवासी कामदार, तस्वीर– एएफपी

सरकारले वैदेशिक रोजगारीका क्रममा भइरहेको मृत्युदर अन्त्य गर्ने रोजगारदाता देशसँग परामर्श र छलफल गरिरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । उनले भने, ‘वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु के कारणले भइरहेको छ । यो विषयमा सरकारले पनि हाल अध्ययन र अनुसन्धान गरिरहेको छ । रोजगारदाता देशमै नेपाली डाक्टर राखेर समस्या समाधान गर्ने उपाय खोजी रहेको छ ।’

सरकारले धेरै कामदार मृत्यु हुने देश मलेसिया, कतार र साउदी अरबजस्ता देशमा नेपाली श्रमिक पठाउदाँ मृत्यु हुने कारण पहिचान गरेको पाइदैन । यस्ता कामदारको आपूर्ति बन्द गर्ने खासै चासो देखाएको छैन । हाल, कतारसँग श्रम नवीकारणमा गर्ने तयारी भइरहेको छ ।

अदक्ष कामदार पठाउदाँको नतिजा : विज्ञ

वैदेशिक रोजगारीमा नेपाल सरकारले दशकदेखि अदक्ष श्रमिक श्रम स्वीकृति दिएर पठाउदाँ उच्च जोखिमका काममा पर्दा मृत्यु हुनेगरेको श्रम तथा रोजगारविज्ञहरुले बताउदै आएका छन् । वैदेशिक रोजगारीका क्रममा विदेशमा नेपाली श्रमिकको के कारण मृत्यु भइरहेको छ भने विषयमा सरकारले खोज अनुसन्धान पनि नगरेको उनीहरुको आरोप छ ।

सरकारले ४ दशकदेखि नेपाली श्रमिक वैदेशिक रोजगारीमा आपूर्ति गदै आएपनि तालिम दिएर र दक्ष बनाएर पठाउन नसकेको पुर्वश्रम सचिव तथा श्रमविज्ञ दिपेन्द्र थापा बताउँछन् । ‘वैदेशिक रोजगारी जाने कामदारको हातमा प्राय सीप हुँदैन् । हातमा सीप नभएका कामदार जोखिम पुर्ण काम पर्दा मृत्यु भइरहेको छ । सरकारले नेपालबाट रोजगारीमा जाने श्रमिकलाई अभिमुखिकरण तालिम पनि राम्रो दिँदैन । जसका कारण मृत्युदर बढिरहेको छ ।’ उनले भने, ‘नेपाल र खाडीका देशको वातावरण मिल्दैन । उच्च तापक्रम भएका देशमा शुरुमा काम गर्न गएका श्रमिकलाई हावा पानीको समस्या हुन्छ । खाना र रहनसहन नमिल्दा र तापक्रमका कारण पनि मृत्यु हुने गरेको छ ।’

सरकारले वैदेशिक रोजगारीमा अदक्ष कामदार पठाउदाँ नै त्यस्ता श्रमिकको मृत्यु भइरहेको उनको भनाइ छ । सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनी र श्रमिकका विषयमा खासै चासो दिएर काम नगर्ने गरेको श्रमविज्ञ डा.गणेश गुरुङ बताउँछन् । हाल वैदेशिक रोजगारीका क्रममा श्रमिकको मृत्यु हुनुको मुख्य कारण भनेको अदक्ष र उच्च जोखिम क्षेत्रमा काम गर्ने श्रम स्वीकृति जारी गर्ने नै भएको उनको भनाइ छ । हातमा सीप नभएका कामदार रोजगारीमा पठाउँदा नराम्रो नतिजा देशले बेहोर्नु परेको र धेरै युवा गुमाउनु परेको गुरुङको दाबी छ । यो समस्या समाधानका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ३ : ५२ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार