प्रदीपका लागि ‘प्रेम गीत ३’ कति महत्त्वपूर्ण ? | Khabarhub Khabarhub

प्रदीपका लागि ‘प्रेम गीत ३’ कति महत्त्वपूर्ण ?


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – अभिनेता प्रदीप खड्काले अभिनय गरेका पछिल्ला फिल्मले खासै आशा गरिएअनुसारको व्यावसायिक सफलता हात पार्न सकेनन् । ‘लभ स्टेशन’ ले त बरु ठीकै व्यापार ग–यो । तर, त्योभन्दा अघि रिलिज भएको फिल्म ‘रोज’ ले उनको करिअरमा नै घाटा पा–यो ।

तर, प्रदीप भने सफल फिल्म र असफल फिल्मले करिअरमा खासै फरक नपार्ने बताउँछन् बेलाबेलामा ।

‘प्रेम गीत’ बाट एकाएक चर्चामा आएका यी अभिनेताले ‘प्रेम गीत २’ बाट पनि खुबै तारिफ पाएका थिए । अब सोही ब्यानरको फिल्म ‘प्रेम गीत ३’ मा प्रदीप खड्काको अभिनय देख्न सकिनेछ । उनी उक्त फिल्ममा शीर्ष भूमिकामा देखिनेछन् । फिल्ममा प्रदीपको जोडीका रुपमा नयाँ नायिकालाई लिइनेछ ।

यो फिल्म प्रदीपका लागि पनि महत्त्वपूर्ण मानिएको छ । किनकि, प्रदीपले यसअघि लगातार फ्लप फिल्म दिइरहेका छन् । उनको अभिनय र क्रेज त ठीकै हो तर उनले छानेका फिल्म नै कमजोर भएको भनिन्छ । यस अर्थमा पनि प्रदीपले ‘प्रेम गीत ३’ को टाइटल मात्र नहेरेर कथा पनि राम्रै छानेका हुन् कि भन्ने धेरैले अनुमान गरेका छन् ।

कुनै पनि कलाकारको चर्चा सधैका लागि शिखरमा रहन्न । प्रदीपले यो क्षेत्रमा करिअर थालेको छोटो समयमा नै राम्रो चर्चा पाए । तर अब उनी आफ्नो यो चर्चामा कत्तिको रहिरहन सक्छन् भन्ने महत्त्वपूर्ण विषय बनेको छ ।

पछिल्लो समय फिल्म फ्लप भइरहेका बेला फ्यानले खुबै आशा गरेको यो फिल्म पनि असफल रह्यो भने प्रदीपको वृत्ति नै असफल भएको व्याख्या गरिनेछ । त्यसैले पनि प्रदीपका लागि यो फिल्म चल्नु अनिवार्यजस्तै बनेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १२ : ५२ बजे

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार