आरती कार्यक्रमले पशुपतिमा पर्यटकको आकर्षण बढ्यो | Khabarhub Khabarhub

आरती कार्यक्रमले पशुपतिमा पर्यटकको आकर्षण बढ्यो


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेपालका धार्मिकस्थलको विकाससँगै पर्यटकको आकर्षण बढाउनुपर्नेमा जोड दिएका छन् । श्री पशुपतिनाथ एवं वाग्मती गङ्गा आरती सेवा समिति नेपालद्वारा आज शनिवार आयोजित ‘स्मारिका–२०७६’ विमोचन कार्यक्रममा उनले नेपालका जीर्ण अवस्थामा पुगेका पुराना मठमन्दिरको समेत पुनःसंरचनासँगै पर्यटकको आकषर्ण बढाउनुपर्ने बताए ।
“सेवा समितिले पशुपतिमा शुरु गरेको गङ्गा आरती कार्यक्रमले पशुपतिको महत्वसँगै पर्यटकको समेत आकर्षण बढाएको छ, यस्ता अन्य धार्मिकस्थलमा फरक फरक ढङ्गबाट पर्यटकको आकर्षण बढाउन सकिन्छ”, उनले भने । विसं २०६४ देखि पशुपतिनाथ मन्दिरको पूर्व भाग वाग्मती गङ्गाको पूर्वी प्राङ्गणको सार्वजनिकस्थलमा हरेक बेलुका गङ्गा–आरती कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

पूर्वमन्त्री शान्ता मानवीले धार्मिकस्थलका रुपमा परिचित पशुपति क्षेत्रलाई अझै व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्ने बताइन् ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  २ : ३४ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको