रिस साँधेर बस्नु भनेको आगो समातेर बस्नु जस्तै हो | Khabarhub Khabarhub

रिस साँधेर बस्नु भनेको आगो समातेर बस्नु जस्तै हो


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको उपदेश संसार भर महत्वका रुपमा लिइन्छ । यहाँ हामीले भगवान गौतम बुद्धका केही जीवन उपयोगी भनाईहरु प्रस्तुत गरेका छौं। जुन तपाईंको जीवनका लागि पनि महत्वपुर्ण बन्न सक्छ । पढ्नुस् र मनन गर्नुस्।

– वितेको कुरामा नअल्झ, भविष्यको अनावश्यक सपनामा नहराउ, वर्तमानमा जे गर्दै छौ त्यसमा ध्यान देउ । यो नै खुसी रहने उत्तम बाटो हो ।
– शंकाको बानी भयंकर डरलाग्दो हुन्छ जसले मानिसलाई अलग गर्छ र मित्रता तोड्छ ।
– तिमी आफूमाथि विजय प्राप्त गर त्यो हजारौं लडाइँ जित्नु भन्दा राम्रो हो ।
– सूर्य, चन्द्रमा र सत्य कहिल्यै लुक्न सक्दैन ।
– लक्ष्यसम्मको यात्रा राम्रोसँग गर्नुस् लक्ष्यमा अवश्य पुग्नुहुन्छ ।
– जुन शब्दले शान्ति ल्याउँछ त्यो शब्द लाखौं शब्द भन्दा राम्रो हुन्छ ।
– रिस साँधेर बस्नु भनेको, कसैलाई प्रहार गर्ने इच्छाले आगो समातेर बस्नु जस्तै हो ।
– कुनै एक बलिरहेको दियोबाट हजारौं बत्ति बाल्न सकिन्छ, तरपनि त्यो दियोको प्रकाश कम हुँदैन । यसै गरी खुसि र शिक्षा बाँड्नाले बढ्छ, कहिल्यै कम हुँदैन ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ११ : १७ बजे

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गैर– जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं

पर्यटन क्षेत्रमा अतिरिक्त करको पुनर्विचार हुनुपर्‍यो :  अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रमा

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल