‘जानी नजानी’ को शीर्ष गीतमा मनिष र निरिषाको रोमान्स « Khabarhub

‘जानी नजानी’ को शीर्ष गीतमा मनिष र निरिषाको रोमान्स


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अञ्जु पन्त र प्रताप दासको स्वरमा फिल्म ‘जानी नजानी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतलाई ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो ।

रोशनी केसी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको उक्त फिल्मको गीतमा रोमान्टिक प्रेमलाई प्रस्तुत गरिएको छ । यस्तै गीतमा मोदनाथ खनालका शब्द छन् भने अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ ।

भिडियोमा मनिष श्रेष्ठ र निरिषा बस्नेतले रोमान्स गरेका छन् । गीतका शब्दले माया बोल्छ ।

अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा सञ्जय लामाको छायांकन निर्देशन छ । फिल्मलाई सागर काजी माली र मोदनाथ खनालले निर्माण गरेका हुन् ।

बसन्त अधिकारीले निर्देशन गरेको यो फिल्ममा मनिष श्रेष्ठ, निरिषा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मको कथा, पटकथा र संवाद सामीप्यराज तिमल्सिनाले लेखेका हुन् । फिल्म यही चैत्र १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ६ : १९ बजे

एमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार

काठमाडौँ- नेकपा (एमाले) का सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन्

शाकिरालाई प्रेम प्रस्ताव गर्ने विरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ– फुटबल खेलाडी जेरार्ड पिकेसँग अलग्गिएपछि कोलम्बियाली गायिका शाकिरा केही

आरोहण गुरुकुलमा सुरु भयो बहुभाषिक नाटक उत्सव 

काठमाडौँ– नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आइतबारबाट काठमाडौंको

आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

भोजपुर- व्यावसायिक अकबरे (डल्ले)खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ

नेपाल राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै 

काठमाडौँ– नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र