मदिराकै कारण भाँडियो बिहे, मण्डपबाटै भागिन् दुलही | Khabarhub Khabarhub

मदिराकै कारण भाँडियो बिहे, मण्डपबाटै भागिन् दुलही


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विहार– भारतको बिहार राज्यस्थित डुमरी छपियामा मदिरा सेवन गरेर बिहे मण्डपमा बेहुला पुगेपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी छिन् । रिन्की कुमारीको बब्लु कुमारसँग विवाह गर्ने तय भएको थियो ।

छोरीका बाबुले जनाए अनुसार बिहे मण्डपमै बेहुलाले मदिराको तालमा अभद्र व्यवहार देखाएपछि छोरीले बिहे गर्न अस्वीकार गरिन् । नातेदारहरुका अनुसार, बिहे मण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामै थिएनन् ।

बिहेका अरु संस्कार पनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन् । त्यही भएर, बेहुलीले मण्डप छाडेर भागेकी थिइन् । दुबै परिवारले बिहेका लागि बेहुलीलाई मनाउने प्रयत्न गरेको भए पनि उनले मानेकी थिइनन् ।

गाउँलेहरुले केटा पक्षले लिएको सबै दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान नदिने भन्दै बन्धक बनाएका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  २ : ४६ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको