राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताबारे जनमत संग्रह हुन सक्दैन– प्रधानमन्त्री | Khabarhub Khabarhub

राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताबारे जनमत संग्रह हुन सक्दैन– प्रधानमन्त्री


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सीके राउतबीच भएको ११ बुँद सहमतिलाई संकेत गर्दै राष्ट्रिय अखण्डताबारे जनमत संग्रह नहुने बताएका छन् ।

सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय सुरक्षा परिषद सचिवालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डता र सार्वभौम सत्ताको विषयमा कहिल्यै पनि जनमत संग्रह हुन नसक्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले राजनीतिक विषयमा भने आवश्यकता देखिए जनमत संग्रह हुने सक्ने बताए ।

सरकार र मधेसमा विभिन्न माग राखेर आन्दोलन गरिरहेको गठवन्धनबीच यही फागुन २४ गते ११ बुँदे राजनीतिक सहमति भएको थियो । विखण्डनकारी गतिविधि परित्याग गरेर राष्ट्रिय राजनीतिको मूल धारमा रहने सहमति धेरै ठूलो कुरा हो भन्दै प्रधानमन्त्रीले वैयक्तिक असन्तुष्टि र निहित उद्देश्य बोकेका केही व्यक्तिबाट मात्र त्यसको विरोध भएको दावी गरे ।

प्रधानमन्त्री ओलीले भने, “एउटा सानो देखिएको तर अत्यन्तै विषाक्त कुरालाई समाधान गर्नु आफैँमा महत्वपूर्ण कुरा छ, राष्ट्रको स्वाधीनता, अखण्डता र स्वतन्त्रताबाहेकका विषयमा जनताको अभिमतबाट चल्न हुन्न भनियो भने यो कस्तो लोकतन्त्र हो ?”

राष्ट्रिय सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताका विषयमा भने जनमत संग्रह हुन नसक्ने स्पष्ट गर्दै उनले भने,  ‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरि मान्छे पानीविनाको माछाजस्तो भुट्भुटिएका छन्, राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पुर्‍याउने कुरामा जनमत संग्रह गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा हो ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  २ : १७ बजे

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)